कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीका अनुसार २४ नोभेम्बर पछि हस्तलिखित राहादानी प्रतिस्थापन गरी नयाँ एमआरपी जारी गर्ने अधिकार दूतावासलाई छैन। आईकाउको प्रावधानअनुसार हस्तलिखित राहदानीको वहाल अवधि २४ नोभेम्बरसम्म मात्र हो। परराष्ट्र मन्त्रालयको अर्को निर्देशन नआएसम्म दूतावासले एमआरपी जारी गर्न नसक्ने जानकारी कार्यवाहक राजदूत क्षेत्रीले दिए । उनका अनुसार एमआरपी लिइसकेर हराएका, पेज भरिएका र बालकालिकको लागि आवश्यक नयाँ एमआरपीका लागि भने दूतावासमै आवेदन दिन सकिनेछ।
क्षेत्रीले भने, 'हस्तलिखित राहादानी झैं कति जनासँग छ भन्ने कुनै तथ्यांक नभएता पनि दिनहुँजस्तो त्यस्ता राहादानी आउनेक्रम जारी छ अब आएका हस्तलिखित राहादानीलाई के गरेर सजिलै एमआरपी बनाउन सकिन्छ भन्ने बारेमा मन्त्रालयको निर्देशनपछि मात्र भन्न सकिन्छ।'
समयसीमाभित्र एमआरपी आवेदन नदिएका हस्तलिखित राहदानीबाहकले अब नेपाल गएर मात्र एमआरपी बनाउन सक्नेछन्। हस्तलिखित राहादनीबाहकसँग नेपालमै गएर एमआरपी बनाउनुको अर्को बिकल्प नभएको प्रष्ट पार्दै राजदूत क्षेत्रले भने, 'ट्राभल डकुमेन्ट लिइ नेपाल गएर मात्र एमआरपी बनाउन सकिन्छ, आवश्यक परेका नेपाली दूतवासले ट्राभल डकुमेन्ट जारी गर्नेछ।'
सोमबार परराष्ट्र मन्त्रालयकाले सुरु गरेको राहादानीमा लाइभ इनरोलमेन्ट (प्रत्यक्ष दर्ता प्रणाली) लन्डनबाट कहिले सुरु हुन्छ भन्ने जिज्ञासामा क्षेत्रीले परराष्ट्र मन्त्रालायबाट समान्य जनाकारी प्राप्त भएता पनि दूतावासभित्र पूर्वधार तयार भइनसकेको जानकारी दिए। कार्यवाहक राजदूत क्षेत्रीले भने, 'दूतावासभित्र त्यसका लागि के–कस्तो प्रविधि आवश्यक पर्ने त्यस सम्बन्धमा सामान्य छलफलसमेत भएको छैन। कर्मचारीलाई तालिम लिने विषयदेखि थुप्रै प्राविधिक कामको पूर्वधार तयार गर्नुपर्ने हुन्छ। त्यसैले मन्त्रालयको प्रष्ट निर्देशन नआएसम्म अहिले नै भन्न सकिन्न।' क्षेत्रीले बेलायतबासी नेपाली समुदायका लागि राहादानी वितरण प्रक्रिया जतिसक्दो सरलिकरण गर्ने बताए ।
यसअघि दूतावासले सार्वजानिक सूचना जारी गर्दै नोभेम्बर २४ भित्र राहदानी विभागले एमआरपी जारी गरिसक्नुपर्ने भएकाले १६ नोभेम्बरभित्र लण्डन दूतावासमा आवेदन पठाउन अनुरोध गरेको थियो।
अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरणलाई पटक पटक आग्रह गरे पनि सदस्य राष्ट्रहरुले नमानेपछि हस्तलिखित राहदानी अवैध भएको दूतावासले जनाएको थियो ।
नेपाली दूतावास लन्डनले हालसम्म ३५ हजारभन्दा बढी एमआरपी जारी गरिसकेको छ । दूतावासले स्कटल्यान्ड, आयरल्यान्ड, आइस्ल्यान्ड, वेल्स, नर्दन आयरल्यान्ड, लिभरपुल, आसफोर्ड, प्लमस्टेड, स्वीन्डन, अक्सफोर्डलगायतका क्षेत्रमा गएर एमआरपी शिविर सञ्चालन गरी फराम संकलन गरेको थियो।
प्रकाशित: ९ मंसिर २०७२ ०२:३७ बुधबार





