५ माघ २०८२ सोमबार
image/svg+xml
प्रवास

पर्वत समाज जापानको अध्यक्षमा जोशी

काठमाडौं- जापानमा बसोबास गर्ने पर्वतबासीहरुको संस्था पर्वत समाज जापानको दोस्रो अधिवेशनले इश्वर जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। टोकियोको योकोहामामा सम्पन्न अधिवेशनले आगामी २ बर्षका लागि जोशीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिको गठन गरेको हो ।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा संजय रिजाल र कृष्ण गौंडेल, महासचिवमा जनक सुवेदी, सचिवमा हरि पराजुली, कोषाध्यक्षमा बसन्तकुमार जोशी चयन भएका छन् । कार्यक्रममा प्रमुख अतिथि समाजका सल्लाहकार महेशकुमार श्रेष्ठले समाजको आवश्यकता र पर्वत समाज जापानले खेल्न सक्ने भूमिकाबारे बोलेका थिए। त्यसैगरि नवनिर्वाचित अध्यक्ष जोशीले आफु जस्तोसुकै परिस्थितिमा पनि जापानमा रहेका पर्वतबासीहरुको सेवाका लागि क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरे। अधिवेशनले विधान समितिद्धारा प्रस्तुत समाजको विधान संशोधनसहित पारित गरेको छ ।

प्रकाशित: ७ मंसिर २०७२ ०३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App