महासचिव डा. केसीले अध्यक्ष घलेले चयन गरेका सल्लाहाकारहरुसमेत नियमावली तथा विधान विपरित भएको जिकिर गरे। उनीहरुले संघको बैठकभन्दा अघि कार्यसमितिका पदाधिकारीहरुसँग समेत छलफल नगरी अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यहरु मनोनय गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।
यसअघि सम्पन्न गैरआवासीय नेपाली संघको बैठकमा घलेले आफ्नै श्रीमती जमुना घलेलगायत सातौं विश्व सम्मेलनमा पराजित सदस्यलाई मनोनयन गरेका थिए। बैठक लगत्तै संघका महासचिव डा. केसीलगायतले नोट अफ डिसेन्ट लेखेका थिए। गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले संघभित्र विवाद चुलिएको स्वीकार गरे। उनले अध्यक्ष घलेले पछिल्लो बैठकमा बिभिन्न पदमा गरेका मनोनयले सबै पक्षलाई नसमेटेको बताए । उनले भने, 'कार्यसमितिको बैठकमा अध्यक्षले सबै पक्षको आवाज सुन्नु पर्ने थियो, तर सुरुका दिनजस्तै एक्लै अगाडि बढ्न खोजेजस्तो देखियो । तर अहिले नै सबै बिग्रिसकेको छैन् । अध्यक्षले ठूलो छाती बनाएर सबै पक्षलाई समेटेर लैजाने वातावरण तयार गर्नुभयो भने उहाँको उचाई अझ बढ्छ र संस्थाको विवाद पनि टुंगिग्नछ।' अध्यक्षले कार्यसमितिका पदाधिकारीलाई विश्वासमा लिएर आगाडि बढ्नुपर्ने सुझाव उपाध्यक्ष पन्तले दिए ।
घलेले महासचिव पदमा पराजित रञ्जु थापा, पुष्प थापा, उपाध्यक्ष पदमा पराजित खगेन्द्र जिसी, भुमा लिम्बुलगायतलाई विभिन्न पदमा मनोनय गरेपछि विवाद सुरु भएको हो । घलेविरुद्ध हस्ताक्षर गर्नेमा उपाध्यक्ष कुमार पन्त, महासचिव डा. बद्री केसी, कोषाध्यक्ष हिक्मत थापा, सचिव अर्जुन श्रेष्ठ, यूरोप संयोजक कुल आचार्य, अफ्रिका संयोजक सुनिल कार्की, एशिया प्यासिफीक संयोजक किरणबिक्रम थापा, मध्यपूर्व संयोजक डिबी क्षेत्री लगायत छन्।
प्रकाशित: २८ कार्तिक २०७२ ०४:१७ शनिबार



-600x400.jpg)

