८ वैशाख २०८१ शनिबार
प्रवास

'विदेशमा बस्ने नेपालीहरुलाई मानसिक स्वास्थ्य जनसचेतना दिन आवश्यक'

कतारमा कार्यरत महिला श्रमिकहरुको लागि एकदिन महिला स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यकम सम्पन्न भएको छ।

गैरअवसीय नेपाली संघ (एनआरएनए) अन्तर्रगतको स्वास्थ्य समिती र एनएअरएन कतारको महिला विभागको सहकार्यमा शुक्रबार अयोजित कार्यक्रममा त्यहाँस्थित नेपाली महिलाहरुले भोग्नु पर्ने समस्याको बारेमा छलफल भएको थियो।

कार्यक्रममा कतारका लागि नेपाली राजदुत लक्ष्मण खनालले आयोजक संस्थालाई धन्यवाद दिँदै भविष्यमा यस्तै कार्यक्रमको आयोजना गर्न सुझाव दिए। उनले आगामी दिन नेपाली दूतावासले नेपाली समुदायसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए। उनले नेपाली महिलाले आफूलाई परेको समस्याहरु खुलस्त राख्न आग्रह गरे।

यस्तै कार्यक्रममा विशेष अतिथि स्वास्थ्य समितिका अध्यक्ष डा. सन्जिव सापकोटाले उक्त कार्यक्रमको प्रशंसा गर्दै विभिन्न देशहरुमा नेपालीहरुको आत्महत्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै मानसिक स्वास्थ्य जनसचेतनाको खाँचो भएको बताए।

एनआरएनए कतारका अध्यक्ष महोम्मद मुताफाले कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त दिँदै गैरआवासीय नेपाली संघले आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए। कार्यक्रमा एनआरएनए स्वास्थ्य समितिका मध्यपूर्व संयोजक डा. नितेश अर्याल, गाइनोलोजिस्ट डा. सुमित्रा थापाले महिलाको स्वास्थ्य सम्बन्धी जानकारी दिएका थिए।

सन् २०११ देश कतारमा कार्यरत डा. अर्यालले कतारमा मुख्य रुपमा नेपाली श्रमिकहरुको लागि भाषाको समस्या रहेको बताए। उनले जनचेतनाले मानिसहरुको जिवन बचाउन ठूलो भूमिका हुने बताए। उनले कतारमा रहेका धेरै नेपाली महिलाहरुलाई टाउको दुख्ने समस्या धेरै रहेको बताए। उनले नेपाली महिलाहरुलाई स्वास्थ्यमा समस्या आउँदा वित्तिकै कतारमा रहेका वा नेपालमै रहेका भए पनि चिकित्सकहरुसँग सम्पर्क गर्न अनुरोध गरे।

गाइनोलोजिस्ट डा. सुमित्रा थापाले महिलामा सेतो पानी बग्ने, गनाउने, चिलाउन जस्ता समस्या देखिएमा समयमै चिकित्सकहरुको सल्लाहा लिन आग्रह गरिन्। उनले नेपाली महिलाहरुमा युरिन इन्फेक्सन्, महिनावारी गडबढी हुने, रगत बग्ने लगायतका समस्या रहेको बताउँदै खानापान र जिवनयापन शैलीमा ख्याल गर्न आग्रह गरिन्।

त्यस्तै नेपाली महिला समाज कतारकी प्रमुख सल्लाहकार अमिना खानले महिलाहरुबाट यस अघि नै स्वास्थ्य सम्बन्धी गुनासाहरु आउने गरेको जानकारी दिँदै स्वास्थ्य जनचेतना कार्यक्रम महत्वपूर्ण हुने बताइन्। उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघकी उपाध्यक्ष यास्मिन सैयद बेगम, नेपाली महिला समाज कल्याणकी अध्यक्ष सरिता भण्डारी, उपाध्यक्ष माया केसीलगायतले आआफ्ना भनाइहरु राखेका थिए।

यसअघि गैरआवासीय नेपाली संघको स्वाथ्य समितिले विदेशमा रहेका नेपालीहरुको मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम, कोभिड १९ को प्रभावित लगायतका विषयमा स्वास्थ्य जनचेतना मूलक कार्यक्रम गर्दै आएको छ।

प्रकाशित: ६ असार २०७९ ०६:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App