६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

सञ्चारकर्मी थापा सम्मानित

काठमाडाैं- झन्डै एक दशकदेखि अमेरिकाको वासिंटन डिसी महानगर क्षेत्र केन्द्रित पत्रकारिता गर्दै अाएका सञ्चारकर्मी विजय थापा सम्मानित भएका छन्। नेपाल अाएकाे अवसरमा नेपाल औषधिगत बिक्री प्रबन्धक संगठनले उनलाइ सम्मान गरेकाे हाे।

 

काठमाडाैं अाएका बेला दुई कार्यकाल अध्यक्ष पदमा रही संस्थागत विकासमा पुर्याएकाे याेगदानकाे कदर गर्दै सम्मान सहित मायाको चिनो प्रदान गर्याे। संस्थाले उनलाई आजीवन सदस्यता प्रमाण पत्र पनि प्रदान गरेको छ।

अमेरिकामा पत्रकारिता पेसामा रहेका थापाले मन्तब्य क्रममा आफूले संस्था २०५८ देखि २०६२ सम्म नेतृत्व प्रदान गर्दा आफूले भोगेका समस्या,चुनौती,अप्ठ्यारा र सफलताबारे चर्चा गरेका थिए। १४ वर्षसम्म नवीकरण नगरिएको, दर्ता खारेजी भएको, मुअकमा दर्ता नगरिएको, बैधानिकताको म्याद गुज्रिएको अवस्थामा आफूले नेतृत्व अाएपछि त्यो कामलाई उच्च प्राथमिकता दिएर साे काम फत्ते गरेको उनले बताए।

संस्थाका अध्यक्ष नेत्रनाथ पौडेलले पूर्व अध्यक्ष थापा जुझारुपनका कारण निस्क्रिय संस्थालाई ब्युझाई यो अवस्थामासम्म ल्याउन ठूलो भूमिका निर्वाह गरेको बताए।


हाल नेपाल औषधिगत बिक्री प्रबन्धक संगठनका मुलुकभर ७ जिल्लामा शाखा विस्तार भएकाे छ।

प्रकाशित: १४ कार्तिक २०७२ ०९:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App