७ वैशाख २०८१ शुक्रबार
प्रवास

एनआरएनए एशिया सम्मेलन अगष्ट अन्तिम साता थाइल्याण्डमा हुने

अगष्ट २६ देखी २८ सम्म थाइल्याण्डमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया क्षेत्रीय ९औं बैठक तथा दोस्रो विज्ञ सम्मेलनको तयारी तीव्र पारिएको छ।

एनआरएनए एशिया क्षेत्रीय संयोजक पारसमणी पोख्रेलका अनुसार सो सम्मेलनमा भाग लिन चाहनेहरुको लागि प्रतिनिधि दर्ता शनिबारदेखि सुरु गरिएको छ। मिलिनियम हिल्टन होटल बैंककमा आयोजना हुने सो सम्मेलनको मुख्य नारा मिलाप, टुगेदर वी स्ट्याण्ड राखिएको छ।

तीन दिनसम्म चल्लने सो सम्मेलनमा दुई वटा औपचारिक सेसनको कार्यक्रमको आयोजना गरिने छ भने बाँकी आनौपचारिक तथा पर्यटकिय हुने छन्। तीन दिनको लागि ब्रेकफास्ट, लन्च र डिनर समेत गरी सम्मेलन दर्ता शुल्क ३ सय डलर तोकिएको संयोजक पोख्रेलले जानकारी दिए।

सो रकममा प्रतिनिधिहरुले क्रुज शयर तथा कक्टेल ड्रिकंको आनन्द लिन सक्ने छ। सम्मेलनमा गैरआवासीय नेपाली संघका अध्यक्षद्धय कुल आचार्य, रविना थापा, डा. बद्री केसी लगायत संघका पदाधिकारीहरुको विशेष उपस्थिती रहनेछ। सम्मेलनमा पूर्वअध्यक्षहरु समेत विषेश अतिथिको रुपमा उपस्थित हुने अपेक्षा गरिएको छ।

२५ भन्दा बढी देशका प्रतिनिधिहरु सहभागी हुने सो सम्मेलनमा तथा सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरु, संघका अध्यक्ष, संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु पदाधिकारी तथा सदस्यहरु, मानार्थ सदस्यहरु, एशिया प्रशान्त क्षेत्रका साथै अन्य क्षेत्रका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु, विभिन्न मुलुकका विज्ञहरु, अभियानकर्ताहरु, गैरआवासीय नेपालीहरु लगायत संचारकर्मीहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ।

सम्मेलनमा एशिया प्रशान्त क्षेत्रमा नेपाली समुदायमा रहेका समस्या, नेपालमा लगानी, वैदेशिक रोजगारी, नेपाली नागरिकताको निरन्तरता लगायत संस्थागत एकताको बारेमा व्यापक छलफल हुने बताइएको छ।

प्रकाशित: २८ जेष्ठ २०७९ ०५:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App