८ वैशाख २०८१ शनिबार
प्रवास

जापानको २० शहरमा कबड्डी ४ प्रदर्शन हुने

बहुप्रतिक्षित नेपाली चलचित्र कबड्डी ४ जापानमा पनि प्रदर्शन हुने भएको छ। जेष्ठ १३ गतेदेखि नेपालभर प्रदर्शनमा आएको चलचित्र कबड्डी ४ आउँदो जुन ५ तारिख आइतबारका दिन प्रदर्शन हुन लागेको हो।

नेपालमा दर्शकहरूबाट राम्रो साथ पाइरहेको चलचित्र कबड्डी ४ लाई टोक्यो स्थित नाकानो जिरो हलमा प्रदर्शनको तयारी गरिएको छ। 'हामीले जापानमै पहिलोपल्ट २० वटा शहरहरूमा प्रदर्शनको तयारी गरिसकेका छौं,' जापानका युवा व्यवसायी तथा जापानका नेपाली चलचित्र वितरक सुभास लामिछानेले भने, 'धेरैभन्दा धेरै जापानबासी नेपालीहरूले चलचित्र हेर्न पाउन् भन्ने हाम्रो सोच हो।'

जापानभरिका नेपाली दर्शकबाट राम्रो प्रतिक्रिया आएकोले आफूहरू निकै हौसिएको वितरक लामिछानेले बताए। नेपालमा राम्रा चलचित्र निर्माण भएमा जापानमा त्यसको आफूले सँधै प्रवर्द्धन गर्ने उनले बताए।

कोरोना महामारीका कारण लामो समय कुनै पनि नेपाली कार्यक्रम हुन नसकेको जापानमा चलचित्र कबड्डी ४ ले राम्रो दर्शक पाउने देखिएको छ।

टोक्यो बाहेक नागोया, ओसाका, कोबे, फुकुओका, ओकिनावा, तोचिगी, सीजुओका, क्योटो, सेन्दाई लगायत शहरहरूमा चलचित्र प्रदर्शनको तयारी गरिएको छ।

आयोजकका अनुसार टोक्यो स्थित नाकानो हलको क्षमता १ हजार ३ सय सिट मध्ये १ हजार वटा टिकट बिक्री भइसकेको छ।

दयाहांग राई, सौगात मल्ल, बुद्धि तामांग, मिरूना मगर लगायत चर्चित कलाकारको अभिनय रहेको चलचित्रलाई राम बाबु गुरुगंले निर्देशन गरेका हुन्।

प्रकाशित: १५ जेष्ठ २०७९ ०७:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App