यसैगरी अफ्रिकी मुलुक घानाको गैर आवासीय नेपाल संघ(एनआरएनए)को अध्यक्षमा मिनबहादुर मगर चयन भएका छन्। आक्रामा शनिबार भएको दोस्रो साधारणसभाले मगरलाई २ वर्षका लागि निर्वाचित गरेको हो। त्यसैगरी उपाध्यक्षमा पदम राना, महासचिवमा बैकुण्ठ पौडेल, सचिवमा दानबहादुर तामाङ् , कोषाध्यक्षमा कपिल खराल निर्वाचित भएका छन्। त्यसै गरि प्रियाम्बदा जोशी महिला संयोजक, जगननाथ पाठक युवा संयोजक र सदस्यहरुमा कृष्ण ठकुरी , गगन थापा ,रोशन श्रेष्ठ ,होम बहादुर बुढामगर निर्वाचित भएका छन्।
साधारण सभाले घानाबाट आइसीसी सदस्यमा निवर्तमान अध्यक्ष हरिकृष्ण बाँस्कोटालाई पठाउने निर्णय गरेको छ। सभाले अफ्रीका क्षेत्रिय संयोजक हिक्मत थापाले आइसीसी कोषाध्यक्ष दिएको उम्मेदवारीलाई समर्थन जनाउँदै आवश्यक सहयोग गर्ने निर्णय समेत गरेको छ।
प्रकाशित: २१ भाद्र २०७२ ०४:०७ सोमबार





