coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

सरकारको बजेट, नीति तथा कार्यक्रममा एनआरएनएको ८ बुँदे सुझाव

सरकार तर्फबाट चालु संसदमा प्रस्तुत हुने बजेट, नीति तथा कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ८ बुँदे सुझाव दिएको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यका अनुसार संघले गैरआवासीय नेपाली नागरिकता, लगानी, वैदेशिक रोजगार, नेपालको पूर्वाधार विकास लगायतका सम्बन्धमा ती सुझावहरु पेश गरेको हो।

संघका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालयमा पठाएको पत्रमा समावेश गरिएका बिषयहरु सम्बोधन भएमा नेपालमा लगानीको वातावरण सुदृढ हुनगई विदेशी मुन्द्राको संचितिमा समेत बृद्धि हुने आचार्यले बताए।

संघले गैरआवासीय नेपाली सम्बन्धि ऐन तथा नियमावली, विदेशी लगानी प्रविधि हस्तान्तरण ऐन तथा नियमावलीमा रहेको द्धविधालाई हटाउन आग्रह गरेको छ।

संघले गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिति रहेको मुलुकहरुमा नेपाली दूतावास तथा कुटनीतिक नियोग स्थापनाको लागि पहल गर्न आग्रह गरेको छ।

संघले विदेशबाट नेपाल फर्किएका गैरआवासीय नेपालीहरुको जीविकोपार्जनको लागि नयां व्यापार, व्यवसाय सुरु गर्नको लागि ज्ञान, सीप तथा पुंजीको व्यवस्था गर्नको लागि नीति तथा कार्यक्रम तय गर्न अनुरोध गरेको छ।

आचार्यले नेपालको संविधान २०७२ मा भएको व्यवस्था अनुसार गैरआवासीय नेपाली नागरिकता प्रदान गर्नका लागि तत्तकाल कानुन बनाई कार्यान्वयन गर्ने प्रतिबद्धतासहितको नीति तथा कार्यक्रममा बनाउन संघले सुझाव दिएको बताए। 

प्रकाशित: ८ जेष्ठ २०७९ ०५:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App