घन्टीले नेपाली परम्पारगत संस्कृति र हस्तकलाको प्रतिनिधित्व गरेको र यसले नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा परिचय गराएको उनले बताए।
विश्वमै नामी मानिएको र धेरै देशका घन्टीहरु संग्रह गरिएको संग्रहालयमा अब नेपाली घन्टीले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई जनस्तरमा पुर्याठउन थप प्रयास गरेको भट्टराईले उल्लेख गरे।
आफ्ना बुबा स्वर्गीय निरन्जन भट्टराईको नाममा उनले सो घन्टी अ बनाएर चीनलाई हस्तान्तरण गरेका हुन्। निरन्जन भट्टराईले सन् १९६० को दसकमा नेपाली दूताबास बेइजिङमा पहिले काउन्सिलर र पछि मिनिष्टर भएर कुटनीतिक सेवा प्रदान गरेका थिए। पछि उनी पाकिस्तानका लागि नेपाली राजदूत पनि भए।
निरन्जन भट्टराईले चीनसम्बन्धी केही पुस्तक लेख्नुका साथै केही चिनियाँ पुस्तकलाई नेपाली भाषामा अनुवाद पनि गरेका छन्।
नेपाल चीन कार्यकारी परिषद र अनुपरन्जन भट्टराईकै सक्रियतामा अरनिकोले बनाएको बेइजिङको श्वेत प्यागोडा अगाडि अरनिकोको सालिक स्थापित गरिएको छ। चीनको वल्लो शान्षी प्रान्तमा महामन्जुश्रीको मूर्ति पनि स्थापना गरिएको छ।
घन्टी हस्तान्तरण समारोहमा चीनका लागि नेपाली राजदूत डा.महेश कुमार मास्केले दुई देशबीचको कुटनीतिक सम्बन्धको ६०औँ वार्षिकोत्सवका अवसरमा संग्रहालयमा नेपाली घन्टी प्रदान हुनु ऐतिहासिक भएको बताए। अरनिकोले नेपाली कलालाई चीनमा परिचय गराएको र दुई देशबीचमा साझा कलासंस्कृति रहेको बताउँदै उनले भने, 'घन्टी संग्रहालयमा रहेको सबैभन्दा ठूलो ४५ हजार ५०० किलोको घन्टीमा रन्जना लिपिमा लेखिएकोले पनि दुई देशबीचमा इतिहासदेखि नै सांस्कृतिक सम्बन्ध रहेको पुष्टि हुन्छ।'
संग्रहालयमा रहेको 'घन्टीहरुको राजा' मानिएको पौने सात मिटर उचाइ र साढे तीन मिटर ब्यास भएको सबैभन्दा ठूलो घन्टीमा चिनियाँ र रन्जना लिपिका २ लाख ३० हजार शब्दहरु कुँदिएका छन्।
नेपाली घन्टी हस्तान्तरण समारोहमा चिनियाँ कलाकारहरुले संग्रहालयमा राखिएका परम्परागत वाद्यवादन र घन्टीहरुबाट नेपाली रेसम फिरिरी गीतको धुन बजाएका थिए।
सन् १९३३ मा स्थापित ठूलो 'घन्टीको मन्दिर'का नाममा स्थापित क्षेत्रलाई चीनले सन् १९८५ मा घन्टी संग्रहालय नामकरण गरेको थियो। सो संग्रहालयमा चिनियाँ सयौँ घन्टीहरु राखिएका छन् भने विभिन्न देशले संग्रहालयलाई उपहार दिएका घन्टीहरुको संख्या पनि दर्जनौ रहेको छ।
घन्टी हस्तान्तरण समारोहमा नेपालका लागि पूर्व चिनियाँ कुटनीतिकज्ञहरु, बेइजिङमा बसोबास गर्ने नेपालीहरु तथा उल्लेख्य रुपमा चिनियाँ संचार माध्यमको उपस्थिति रहेको थियो। सो कार्यक्रम नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापना भएको साठीऔँ वार्षिकोत्सवका अवसरमा बेइजिङमा आयोजना भएको एक मात्र कार्यक्रमका रुपमा रहेको छ।
प्रकाशित: १६ श्रावण २०७२ ०६:५० शनिबार





