शाखाले कोरिया गएर सममअवधि पुरा गरी नेपाल फर्केका ७० जना कामदारसँग दुई प्रश्न गरी सर्वेक्षण गरेको थियो। कोरियामा नेपाली कामदारको मुख्य समस्या के हो र समाधानका उपाय के हुन्? र कोरियामा नेपाली कामदारको कोटा बढाउन के गर्नुपर्ला? भन्ने प्रश्न गरेको थियो।
पहिलो प्रश्नमा कामदारहरुले कोरियामा कृषि क्षेत्रमा भएका कामदारले ओभर टाइमको तलब नपाउने, भाषा समस्या, कोरियनहरुको रुखो व्यवहार भएको र अपमानित गर्ने गरेको बताएका थिए। दोस्रो प्रश्नको उत्तरमा कोटा बढाउने उपाय अनुशासन, इमान्दारिता र समयप्रति प्रतिबद्धता भएको जवाफ दिएका थिए। त्यस्तै गैरकानुनी कामदारको न्यूनीकरण गर्न सिप र दक्षता बढाउनुपर्ने सुझाएका थिए।
शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले कोरियामा काम गरेर फर्केका कामदारलाई कोरियाको समस्या र अवसरको बारेमा सोधिएको बताए। समयअवधि पुरा गरेर फर्केका कामदार पुनः कोरिया जान पाउँछन्, अहिले पुनः जान लागेका कामदारलाई नै प्रश्न गरिएको बताए। यसखाले सर्वेक्षणले कोरियाको वास्तविकता थाहा हुने र कोरियासँग कामदारको समस्या राखिने बताए।
इपिएसमार्फत कोरिया पुगेर वैधानिक रुपमा बसी स्वदेश फर्केका कामदारका लागि कोरियाले कम्प्युटरमा आधारित परिक्षा (सिबिटी) लिने गर्छ।
सिबिटी परिक्षामा उतिर्ण कामदारको लागत इपिएस परिक्षामा उर्तिण कामदारको भन्दा न्यून हुने गर्छ। इमान्दार र मिहिनेती हुने हुनाले नेपाली कामदारको माग कोरियामा बढ्दो छ। वैधानिक भएर बस्ने कामदारका लागि कोरियामा अवसर आइरहने शाखाले जनाएको छ।
प्रकाशित: ९ श्रावण २०७२ २०:४८ शनिबार





