४ वैशाख २०८१ मंगलबार
प्रवास

एनआरएनए विज्ञ सम्मेलन अक्टोवरमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा विश्व विज्ञ सम्मेलन आगामी अक्टोवर महिनामा हुने भएको छ। संघको शनिबार बसेको बैठकले एनआरएनए विज्ञ सम्मेलन तथा साधारणसभा अक्टोवर ८ देखी १० तारिखसम्म काठमाडौँमा गर्ने निर्णय गरेको संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए।

सापकोटाका अनुसार बैठकले संघको आगामी १८ महिनाको कार्यविधि तयार गर्न संघका उपमहासचिव रामशरण सिमखडा र नारायण काफ्लेलाई दिने निर्णय गरेको छ। बैठक संघका उपाध्यक्ष डा. हेम राज शर्माको संयोजकत्वमा गठित समितिद्वारा प्रस्तुत बहुपदीय कार्यविधिलाई सर्वसम्मतले पारित गरेको छ।

यस्तै बैठकले सबै क्षेत्रीय संयोजहरुलाई संघको पदाधिकारी बैठकमा पर्यवेक्षकको रुपमा सहभागी हुन दिने निर्णय गरेको छ। बैठकले संघको उम्मेदवारी शुल्क नतिर्ने पदाधिकारी र सदस्यता शुल्क नतिर्ने राष्ट्रिय समितिहरुलाई १५ दिनभित्र शुल्क तिर्न निर्देशन दिने निर्णय गरेको छ।

बैठकले १५ सदस्यीय विधान समितिको प्रस्ताव गरेको छ। सो समितिको संयोजकमा डा. हेम राज शर्मा र सदस्य सचिव गंगाधार गौतमलाई चयन गरेको छ। यस्तै बैठकले संघका महिला पदाधिकारीहरुको उम्मेदवारी शुल्क आगामी कार्यकाल देखि ५० प्रतिशत घटाउने निर्णय गरेको छ।

बैठकले नेपालमा हुने ९ औं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपालीहरुको सहभागीतालाई सुनिश्चित गर्न संघको युवा विभागलाई जिम्मेवारी दिने निर्णय गरेको छ। यस्तै बैठकले हाल संघमा रहेको ४ करोड रुपैयाँको वैदेशिक रोजगारी कोषलाई विस्तार गर्ने निर्णय गरेको छ।

बैठकमा अध्यक्षत्रय कुल आचार्य, डा. बद्री केसी र रविना थापा, पदाधिकारी लगायत २२८ जना आइसीसी सदस्य मध्ये ११४ जनाको सहभागीता थियो। ६ घण्टामा भन्दा बढी चलेको बैठकले संघका सल्लाहकारहरु, आइसीसी सदस्यहरु लगायतका पदमा १५ दिनभित्र सर्वसम्मत रुपमा नाम तयार गर्न अध्यक्षत्रयलाई जिम्मा दिइएको छ। बैठकको सञ्चालन महासचिव गौरीराज जोशी, केशव पौडेलले सञ्चालन गरेका थिए।

प्रकाशित: १८ वैशाख २०७९ ०२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App