११ माघ २०८२ आइतबार
image/svg+xml
प्रवास

लन्डनमा सहयोग संकलन

लन्डन-भूकम्पबाट पीडित परिवारहरुको सहयोग र पूनर्स्थापना तथा भत्किएका संरचनाहरुको पूननिर्माणको उद्देश्य राखी लण्डन स्थित फर्स्ट लाइन हेल्प नामक संस्थाले च्यारिटी कार्यक्रमकोआयोजना गरेको छ।


पश्चिम लन्डनको बोस्टनम्यानरमा मंगलबार साँझ आयोजित च्यारिटी डिनर कार्यक्रममा उल्लेख्य संख्यामा नेपाली तथा बिदेशीहरुको सहभागिता थियो।
करीब १ सय जना सहभागी भएको उक्त कार्यक्रममा सहभागीहरुले धरहरा अंकित-शर्टहरु पनि खरिद गरेर थप रकम संकलन गरेका थिए। संस्थाले जनाए अनुसार उक्त च्यारिटीबाट संकलित रकम सोझै पीडित परिवारहरुको शिक्षा र स्वास्थ्य क्षेत्रमा, तथा भूकम्पमापरि कामै नलाग्ने गरि भत्किएका भौतिक संरचनाहरु जस्तै विद्यालय र अस्पतालको भवन निर्माणको लागि प्रदान गरिने छ।
उक्त कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै संस्थाका लन्डन संयोजक ईश्वर रिजालले आमन्त्रित बिदेशी पाहुनाहरुलाई नेपाल केहि अन्तरास्ट्रिय समाचार संस्थाहरुले प्रचार गरे जस्तो असुरक्षित नरहेको बताए।

प्रकाशित: १७ जेष्ठ २०७२ ०८:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App