२४ पुस २०८२ बिहीबार
image/svg+xml
प्रवास

मलेसियामा नेपाली होटेल व्यवसायी मानन्धरको मृत्यु

क्वालालम्पुर (मलेसिया)-मलेसियामा फेरि अर्का एक नेपाली मृत भेटिएका छन् । मलेसियाको पेनाङमा होटेल संचालन गर्दै आएका काठमाडौ १३ बल्खुका दिपेश मानन्धर मंगलबार आफ्नै अाेछ्यानमा मृत भेटिएका हुन् ।

मानन्धरका साथि राजेश श्रेष्ठका अनुसार उनी दिउँसो होटेलबाट कोठामा गएर सुतेका थिए । अबेरसम्म पनि होटेलमा नफर्केपछि खोज्न जाँदा दिपेश अाेछ्यानमै मृत अवस्थामा भेटिएका थिए । दिपेशको शव अहिले यहाँकै एक अस्पतालमा राखिएको छ । अस्पतालले दिपेशको मृत्यु उच्च रक्त चापका कारण भएको पोष्टमार्टम रिपोर्ट दिएको छ ।

मलेसियामा धेरै नेपालीले सुतेकै अवस्थामा ज्यान गुमाउने गरेका छन् । तर, यसको खास कारण बारे अझै पत्ता लाग्न सकेको छैन । नेपाली सुतेकै अवस्थामा मृत्यु हुनुको कारण पत्ता लगाउन नेपालबाट चिकित्सकको टोलि ल्याएर अनुसन्धान गर्ने तयारी भैरहेको यहाँको नेपाली दुतावासले जनाएको छ ।

प्रकाशित: २३ वैशाख २०७२ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App