मलेसिया ( क्वालालम्पुर )-मलेसियाको नेपाली दुतावास परिसरमा मेसिन रिडेवल पासपोर्ट (एमआरपी) फाराम भर्दा चर्को रकम असुल्दै आएका नेपाली व्यवसायीले शुल्क घटाएका छन् ।दुतावासले आजदेखि फाराम शुल्क १५ रिङ्गेट भन्दा बढि लिएमा कानुनी कारवाहि गर्ने चेतावनी दिएपछि व्यवसायीले फाराम शुल्क ४० रिङ्गेट(करिब १ हजार १ सय रूपैयाँ )बाट २५ रिङ्गेट (करिब ७ सय रूपैयाँ ) घटाएर १५ रिङ्गेट (करिब ४ सय रूपैयाँ )बनाएका हुन् ।
एमआरपी फाराम भर्दा व्यवसायीले चर्को रकम असुलेर नेपालीलाई ठगिएको समाचार नागरिक न्युजले सार्वजनिक गरेपछि दुतावासले केहिदिन अघि फाराम शुल्क घटाउन सार्वजनिक सुचना जारी गरेको थियो । एमआरपी फाराम भरेको शुल्क घटेपछि मलेसियाबाटै एमआरपि बनाउने नेपालिले केही राहात महशुस गरेका छन् ।
प्रकाशित: २२ वैशाख २०७२ ०४:५३ मंगलबार