१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

एनआरएनए विभाजन साक्षी नबस्न प्रधानमन्त्री देउवालाई पत्र

नेपालीका लागि नेपाली भन्ने मूलमन्त्रसहित विदेशमा रहेका नेपालीहरुको सक्रियतामा स्थापित गैरआवासीय नेपाली संघ विभाजनको अवस्थामा पुगेपछि विदेशमा रहेका नेपालीहरुले चिन्ता व्यक्त गरेका छन्। गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले विदेशस्थित केही नेपाली कांग्रेस समर्थक नेता तथा कार्यकर्ताहरुको समर्थनमा छुट्टै भेला बोलाएर छुट्टै सम्मेलनको आयोजना गरेपछि विदेशस्थित नेपाली जनसम्पर्क समितिहरु आक्रोशित भएका छन्।

विश्वभरका छरिएका जनसम्पर्क समितिका ७५ जना वर्तमान तथा पूर्वपदाधिकारीहरुले बुधबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै सहमति वातावरण बनाएर विभाजन रोक्न आग्रह गरेका छन्। पत्रमा संस्थाको महाधिवेशन प्रतिनिधि चयनमा भएको विवादलाई समझदारीमा निराकरण गरी दुबै तर्फबाट भएका महाधिवेशन र निर्वाचनका गतिविधिलाई तत्काल पूर्ण विराम लगाइ वार्तामा जोड दिइएको छ।

पत्रमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको १० औं महाधिवेशन र विश्व सम्मेलन महाधिवेशनका लागि छनौट गरेका प्रतिनिधिहरुको विषयमा विवाद उत्पन्न भै पछिल्लो समय प्रवासमा बस्ने लाखौ नेपालीहरुको आस्थाको केन्द्रमा राखिएको गरिमानै समाप्तसंगै संस्था विभाजित हुने जस्ता गतिविधि भइरहेकाले संस्थाको स्वार्थलाई सर्वोपरी ठानी संस्था बचाउनु पर्नेमा जोड दिइएको छ।

उनीहरुले संस्थालाई विभाजन गर्ने खालका सबै किसिमका गतिविधिहरुलाई निस्तेज पार्दै एकताको केन्द्रीय महाधिवेशनको वातावरण तयार गर्न आग्रह गरिको छ। गैरआवासीय नेपाली संघको संस्थापन पक्षले संघको निर्वाचन २४ र २५ तारिख तोकेकाे छ भने घले समूहले २३ देखि २५ सम्म काठमाडौंमा सम्मेलनको आयोजना गर्ने घोषणा गरेको छ। संघको नेतृत्वको लागि डा. बद्री केसी र रविना थापा चुनावी मैदानमा छन्। कुल आचार्यले उम्मेदवारीनै दर्ता गरेनन्।

प्रकाशित: ३ चैत्र २०७८ ०९:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App