१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न

यतिबेला गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशन तथा विश्व सम्मेलनको तयारी तीव्र रुपमा भैरहेको छ।

संघको महाधिवेशन तथा विश्व सम्मेलनको तयारीको लागि संघका अध्यक्ष कुमार पन्त अहिले काठमाडौँमा सकृय रहेका छन्। आज जारी एक विज्ञप्ति अनुसार संघको नयाँ नेतृत्व चयनको लागि निर्वाचनका अधिकांश प्रक्रियाहरु सम्पन्न भएर आगामी २४ र २५ तारिख मतदानको तयारी गर्ने निर्वाचन समितिले गरेको छ।

यसैबीचमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले संघविरुद्धमा सामानन्तर सम्मेलनको आयोजना गरिएको भन्दै भ्रमक पत्राचार गर्ने र विभिन्न संचार माध्यमलाई गलत सूचना प्रभाह गरेको देखिएकाले त्यस्ता गतिविधि प्रति सचेत रहन संघका सम्पूर्ण सदस्यहरुलाई अपिल समेत गरिएको छ।

यस्तै लामालाई संघको लेटरप्याड, लोगो लगायत संस्थाका सदस्यहरुको व्यक्तिगत विवरणको दुरुपयोग नगर्न सचेत गराइएको छ भने संस्थालाई अहित हुने कुनै पनि गतिविधिमा संलग्न भएमा संघको विधान बमोजिम कार्यवाहीको प्रकृय समेत अघि बढाइने जानकारी दिइएको छ। यस्तै संघले सम्पूर्ण प्रतिनिधिहरुलाई उक्त निर्वाचनमा सहभागिता जनाउनको लागि अनुरोध पनि गरेको छ।

प्रकाशित: २ चैत्र २०७८ ०७:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App