करिब १ महिना अघि कम्पनीले उनलाई बिनाकुनै जानकारी टिकट पासपोर्ट दिएर एयरपोर्टसम्म पुर्याटयो। उनी अन्याय सहेर रित्तो हात घर फर्कन मानेन्। बरु न्यायको खोजीगर्दै मलेसियामै भौतारिए। उनी यहाँ जिफन्ट सपोर्ट ग्रुपको सम्पर्कमा पुगे। अहिले अर्जुन जिफन्टको सहयोगमा मलेसिया ट्रेड युनियन महासंघमार्फत् औद्योगिक अदालतमा मुद्दा लडीरहेका छन्। जिफन्टका मलेसिया संयोजक वेदप्रकास खतिवडाका अनुसार अर्जुनको मुद्दा यहाँको औद्योगिक अदालतमा मार्च १७ तारिखमा दर्ता भएको छ।
जिन्फट मलेसियाले यहाँको ट्रेड युनियनसँग सहकार्य गरी नेपालीका मुद्धा अदालतसम्म लैजाने गरेको छ। जिफन्टको सहयोगमा यहाँकानुनी लडाँइ लडिरहेका अर्जुनले कम्पनीले सम्झौताविपरित घर पठाउन लागेकाले न्यायका निम्ति अदालत पुगेको बताए। साहालमस्थित औद्योगिक अदालत परिसरमा भेटिएका उनले भने, 'मलाई कम्पनीले तीन वर्षसम्म कामदिने सम्झौता गरेर ल्यायो तर एक बर्षमै घर पठाउन लागेपछि। एयपोर्टबाटै फर्किएँ। अदालत गएँ।'
अदालतले आफ्नो पक्षमा फैसला सुनाउनेमा उनी आशावादी छन्। मलेसियामा धेरै नेपाली कम्पनी पीडित छन्। न्यायको लडाँई लड्ने हिम्मत नगर्दा उनीहरु पीडा सहन विवश छन्। 'त्यो नजिर तोड्न अदालतसम्म जाने हिम्मत गरेको हुँ', अर्जुन भन्छन्।
औद्योगिक अदालतले न्याय नदिए यहाँको उच्चअदालत सम्म जाने उनले जानकारी दिए। तीन बर्षको सम्झौता गरेर एक बर्षमै घर पठाउन खोज्नु अन्याय भएको उनले बताए। उनकाअनुसार सिइसीकम्पनीले ७० जना नेपालीमजदुरलाई सम्झौता अवधिनटुङ्दै जबरजस्ती घर पठाइसकेको छ।
आफ्नो समस्याबारे यहाँको नेपाली दुतावासलाई जानकारी गराउँदा दुतावास अधिकारीहरुले सिइसी मलेसियाको ठूलो कम्पनी भएकाले केही गर्न नसक्ने प्रतिक्रिया दिएका थिए। त्यसपछि आफू जिफन्टको शरणमा कानुनी लडाँइ लडिरहेको अर्जुनले बताए। उनको मुद्धा हेरिरहेका वकिलका अनुसार श्रेष्ठको पक्षमा फैसला भएमा मासिक एक हजार पाँच सय ४४ का दरले बाँकी सम्झौताअवधिको २५ हजार रिङ्गेट (करिब ७लाख २० हजार रुपैँया) कम्पनीबाट पाउने छन्। यहाँको मजदुर कानुनअनुसार श्रेष्ठका पक्षमा फैसला हुने सम्भावाना रहेको ती वकिलले बताए।
यो मुद्दामा अर्जुनको पक्षमा फैसला भए न्यायका लागि कम्पनीपीडीत नेपाली अदालत जानेक्रम बढ्ने सम्भावना छ। यहाँ कार्यरत धेरै नेपालीले सम्झौता बमोजि मतलब सुबिधा नपाए पनि न्यायका लागि आवाज उठाउन सकिरहेका छैनन्। यदि यो मुद्दामा अर्जुनको जित भए मलेसियाका नेपालीका लगि यो एउटा नजिरकै रुपमा रहनेछ।
प्रकाशित: २० चैत्र २०७१ ०३:४६ शुक्रबार





