अनुमतिबिना अर्काको तस्बिर प्रयोग गरेर विवादमा आएका मोदीका तर्फबाट भारतीय प्रधानमन्त्रीको कार्यालय (पिएमओ) ले प्रतिलिपि अधिकार दिन फोटोग्राफर नेपालसँग आग्रह गरेको छ, जसलाई नेपालले अस्वीकार गरेका छन्। उनका अनुसार पिएमओले पठाएको इमेलमा न फोटोग्राफरलाई ‘क्रेडिट' दिने बाचा गरिएको छ, न उचित पारिश्रमिक र क्षतिपूर्तिकै कुरा छ।

अमेरिका बस्दै आएका नेपाली फोटोपत्रकार विमल नेपाल।
‘उनीहरूले सक्कल फोटो र त्यसको कपिराइट मात्र मागेनन्, भविष्यमा स्वयंसेवीका रूपमा मोदीको डिजिटल विस्तारलाई योगदान गर्नसमेत आग्रह गरे,' पिएमओबाट हिरेन जोशीका नाममा पठाइएको इमेल उद्धृत गर्दै नेपालले मंगलबार नागरिकसँग भने, ‘एउटा व्यावसायिक फोटोग्राफरका लागि स्वयंसेवक फोटोग्राफर बन भन्नुजस्तो अपमान अरू केही हुन सक्दैन।'
कपिराइटसम्बन्धी अन्तर्राष्ट्रिय कानुन मिच्ने पिएमओको इमेल हेपाहा प्रवृत्तिको भएको नेपालको आरोप छ। फोटोग्राफी पनि बौद्धिक सम्पत्ति भएकाले अनुमतिबिना यसको व्यावसायिक वा गैरनाफामूलक प्रयोग अमेरिकी कपिराइट कानुनअनुसार वर्जित भएको जनाउँदै नेपालले भने, ‘मैले यही कुरा खुलाएर पिएमओलाई इमेलको जवाफ पठाइसकेको छु।' मोदीको राजनीतिक छवि र व्यक्तित्वबाट आफू प्रभावित भए पनि अर्काको तस्बिर जानकारीबिना जथाभाबी प्रयोग गर्ने प्रवृत्तिबाट दुःखी भएको उनले बताए।
यो विषयले भारतभित्र र बाहिरसमेत चर्चा पाएपछि क्याम्ब्रिजस्थित विश्वप्रसिद्ध हार्वर्ड विश्वविद्यालयको ‘स्कुल अफ ल' ले समेत चासो दिएको छ। उक्त स्कुलले फोटोपत्रकार नेपालसँग यसबारे छुट्टै भेट गर्न लागेको छ। नेपालले हार्वर्ड विश्वविद्यालय र नेसनल जियोग्राफीका लागि पनि फोटो खिच्दै आएका छन्।

फोटोपत्रकार विमल नेपालले खिचेको तस्बिर (बायाँ) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुकमा केही थपघटसहित पोस्ट गरिएको सोही तस्बिर।
प्रतिलिपि अधिकार उल्लंघनको यो प्रकरणमा नेपालको चाहना छ, भारतीय प्रधानमन्त्री मोदीले अर्काको तस्बिर आफूखुसी प्रयोग गरेकामा सार्वजनिक क्षमायाचना गरून्, ताकि यो विषय अरूका लागि पनि सबक बनोस्। अन्य कानुनी विषय र क्षतिपूर्तिका सम्बन्धमा भने आफ्ना वकिलसँग परामर्श गरिरहेको उनले जानकारी दिए।
‘प्रतिलिपि अधिकारको कुरा भएकाले के कस्तो क्षतिपूर्ति दाबी गर्ने भन्ने अब मेरो वशको विषय होइन, वकिलहरूले यसको मूल्यांकन गरिरहेका छन्,' नेपालले भने, ‘म सस्तो प्रचारका लागि नभई आफ्नो जीविकाप्रतिको न्यायका लागि कानुनको ढोका ढक्ढक्याइरहेको छु।'
प्रतिलिपि अधिकारका विषयमा बलियो अडान लिनुपर्ने प्रधानमन्त्रीजस्तो जिम्मेवार कुर्सीमा बसेका व्यक्तिले ठाडै कानुन मिच्नु दुखद भएको उनको भनाइ छ। अधिकांश भारतीय पत्रिका तथा अनलाइनले समेत यसको विरोध गरेको उनले बताए।
कला वा सिर्जना विधाअन्तर्गत पर्ने फोटोग्राफरहरूको कानुनी सुरक्षा संयुक्तराज्य अमेरिकाको कपिराइट कानुनको शीर्षक १७ मा व्यवस्था गरेको छ। नेपालमा पनि प्रतिलिपि अधिकार ऐन, २०५९ ले फोटोग्राफीका सिर्जनालाई संरक्षण प्रदान गर्छ।
नेपालले खिचेको दियोको तस्बिर नरेन्द्र मोदीको फेसबुक वालमा धनतेरश वा दीपावलीको शुभकामनासहित आएको थियो। मोदीका प्रशंसक र फेसबुक फलोअर नेपालले देख्नेबित्तिकै उक्त तस्बिर आफ्नो भएको पहिचान गरेका थिए।
‘आफूले खिचेको फोटो त देख्नासाथ चिनिहालेँ नि, तर फोटो पनि बिगारिएको र मेरो नाम साभार भनेर उल्लेख नगरिएकोमा पो चकित परेँ,' उनले भने, ‘सरकार प्रमुखजस्ता व्यक्तिले प्रतिलिपि अधिकारको कुरा नबुझ्दा मलाई फोटोग्राफरको अधिकारबारे कुरा उठाउने बेला यही हो भन्ने लाग्यो।' यसले प्रतिलिपि अधिकारको विषयलाई विश्वव्यापी बहसमा ल्याउने उनले बताए।
कालो पृष्ठभूमिको डाइनिङ टेबलमा नागबेली आकारमा राखिएका प्रज्वलित पालाको फोटो नेपालले आफ्नी छोरी अबिनाको सहयोगमा दुई वर्षअघि खिचेका थिए। त्यतिबेला उनको यो फोटो व्यक्तिगत फोटोब्लग र फोटोसम्बन्धी सामाजिक सञ्जाल फ्िलकरमा आएको थियो।
हिन्दुस्तान टाइम्सका नेपाल संवाददाता उत्पल परासरले यसबारे समाचार लेखेपछि भारतीय सञ्चारमाध्यममा मोदीले प्रतिलिपि अधिकार हनन गरेको विषयले व्यापकता पाएको थियो। विदेशी सञ्चारमाध्यम र खासगरी फोटोग्राफीसम्बन्धी वेबसाइट पेटापिक्सेल हुँदै पछिल्लो समय ब्लुमबर्गले समेत यो विषयलाई महत्वसाथ उठान गरेका छन्।
‘नेपाल समाचारपत्र'मा आर्थिक पत्रकारिता गरेका नेपाल आर्थिक पत्रकारहरूको संगठन नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संस्थापक समितिमा समेत थिए। अमेरिकामा फोटोग्राफी अध्ययनपछि उनी यही पेसामा संलग्न रहँदै आएका छन्। श्रीमती, एक छोरा र छोरीका साथ म्यासाचुसेट्सको क्याम्ब्रिजमा बसोबास गर्दै आएका नेपालले
केही वर्ष अघिमात्र अमेरिकी नागरिकता लिएका छन्।
‘भारतीय प्रधानमन्त्रीले मैले खिचेको फोटो प्रयोग गरेको कुराबाट म वास्तवमै सम्मानित भएको छु, तर मेरो मुख्य चासो फोटो पत्रकारलाई किन क्रेडिट दिइएन भन्ने हो,' उनले भने, ‘प्रधानमन्त्रीजस्तो व्यक्तिले त प्रतिलिपि अधिकारको विषयलाई यति हल्का रूपमा लिन्छन् भने अरू सामान्य मानिसबाट के अपेक्षा गर्न सकिन्छ?'
प्रकाशित: ११ कार्तिक २०७१ १९:२० मंगलबार