६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

साताको साहित्य पुरस्कार 'मुकुन्द प्रयास'लाई

सिड्नी— 'साताको साहित्य डट कम'ले हरेक बर्ष प्रदान गर्ने 'साताको साहित्य पुरस्कार' यस बर्ष लेखक 'मुकुन्द प्रयास'को कविता, 'देश, मधेश र पहाड'लाई दिने घोषणा भएको छ। साताको साहित्य डट कम मा अगष्ट २०१३ देखि जुलाई २०१४ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट पाठकहरूको प्रतिक्रिया र साताको साहित्यको निर्णयको आधारमा तीन उत्कृष्ट रचनाहरू गत हप्ता सार्वजनिक गरिएका थिए।

 

पाठक र निर्णयकको दुई उत्कृष्ट रोजाइमा हेमन यात्रीको कविता 'फेरि एक्लै' र अमित रिजालको कविता, 'आवश्यकताको सिद्धान्त' पनि परेका थिए। चार सदस्यीय निर्णायक समितिले तीन उत्कृष्ट रचनाबाट पनि सर्बोत्कृष्ट रचनाको रुपमा 'देश, मदेश र पहाड' रचनालाई बहुमतका आधारमा चयन गरेको थियो ।

निर्णायक मण्डलमा ऋषि आचार्य (सम्पादक—नेपाली पत्र अष्ट्रेलिया), सुजित सिग्देल (सम्पादक—नेपाली टाइम्स अष्ट्रेलिया), महेन्द्र पौडेल (अध्यक्ष—अन्तराष्ट्रिय नेपाली साहित्य समाज, सिड्नी च्याप्टर) र निष्प्रभ सजी (सम्पादक—साताको साहित्य) रहेका थिए।

यस पुरस्कार आउँदो अक्टोवर महिनामा काठमाडौँमा एक समारोहका बीच प्रदान गरिने साताको साहित्यले जारी गरेको प्रेस बिज्ञप्तिमा जनाइएको छ । लेखकले पुरस्कार स्वरुप नगद बीसहजार रुपैया र ताम्र पत्र प्राप्त गर्नेछन् ।

गतबर्ष यो पुरस्कार कवि रमेश शायनको कवितालाई प्रदान गरिएको थियो । साताको साहित्य अस्ट्रेलियाबाट संचालित साहित्यक अनलाइन पोर्टल हो।

प्रकाशित: ५ आश्विन २०७१ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App