४ माघ २०८२ आइतबार
image/svg+xml
प्रवास

विश्व उल्टो साइकल यात्री लण्डनमा

लण्डन-विश्वमा शान्ति, भाइचारा र नेपाली पहिचानका निम्ति पर्यटन प्रबर्द्धन गर्दै विश्व साईकल यात्रामा निस्किएको उल्टो साइकल यात्री बिरेश दाहाल, बरुण अधिकारी र बजिन्द्र महराको टोली शनिबार लण्डन आइपुगेको छ।


शनिबार बिहान फ्रान्सबाट फेरि हुँदै डोभर आइपुगेका तीनैजनाले मध्य लण्डन स्थित बिबिसीको कार्यालयको भ्रमण गरेका थिए।
आइतबार फार्नबरोमा भएको एनआरएनए यूकेको काउन्सिल मिटिङमा नेपाली समुदायका अगुवाहरुसंग भेटघाट गरेको थियो।
सोही अवसरमा बेलायत स्थित नेपाली समूदायले करिब १५ सय पाउण्ड सहयोग संकलन गरी सो टोलीलाई हस्तान्तरण गरेका थिए।
त्यसैगरी यसैसाता लण्डनस्थित गिनिजबुक अफ वर्ल्ड रेकर्ड्सको कार्यालयमा पुगि आफ्नो अहिलेसम्मको यात्राबारे जानकारी दिने पनि दाहालले बताए।
नेपाली ढाकाटोपी, दौरासुरुवाल र नेपाली झन्डा फरफराउँदै विश्वमा उल्टो साइकल यात्रा गरेर नेपाललाई चिनाउने उदेश्य बोकेर उल्टो साइकल यात्रामा २००४ अप्रिल २७ देखि निस्किएका उल्टो साइकल यात्रीटोलीले बेलायतस्थित गैर आवासीय नेपाली संघ, तमु धिं युके लगायत सबै संघसंस्थालाई सक्दो सहयोग प्रदान गर्न आग्रह गरेका छन्।
उनीहरुले बेलायत आइपुग्दा आफ्नै घर आएको जस्तो अनुभव भएको बताउँदै संसारमा जहाँ गएपनि नेपाली समुदायको सहयोग र सदभावबाट आफुहरु खुशी भएको पनि बताएका छन्।
उल्टो साइकल यात्रीहरुले १५१ देश भ्रमण गरी नेपाली झन्डा फहराउने सपना बोकेको पनि बताएका छन्।
उल्टो साईकल यात्री बिरेश दाहालले भने, "विश्वमा दिगो शान्ति, मानव भाईचारा र नेपाली पहिचानका लागि पर्यटन प्रवर्द्धन भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाललाई विश्व सामु चिनाउने उदेश्य लिएर नेपालको राष्ट्रिय झण्डा बोकी शान्तिको कामना गर्दै उल्टो साइकल चलाएर हामी विश्व भ्रमणमा निस्किएको हौं ।"
विभिन्न बाधा अड्चनहरु झेल्दै, नयाँ-नयाँ साथीभाइ बनाउँदै आकाश एउटा छानो, पृथ्वी एउटा घर, अनि नयाँ नयाँ कुराको खोजी गर्दै साइकल सम्बन्धि वृतचित्र निर्माण गरेको फिल्म निर्देशक बरुण अधिकारीले बताए। हालसम्म एसिया, अफ्रिका तथा युरोप देश गरी ५६ देशमा नेपाली झन्डा फहराउँदै उल्टो साइकल यात्रा सम्पन्न गरेको बिरेश दाहालले बताए।

प्रकाशित: १६ भाद्र २०७१ ०१:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App