६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

टेरियाले कतारका नेपालीलाई नचाउने

दोहा– भारतीय टेलिभिजन च्यानल जिटिभीबाट प्रसारित 'डान्स इन्डिया डान्स लिटिल मास्टर' सिजन तीनको विजेता नेपाली चेली टेरिया मगर कतार आउँदैछिन्। अन्तर्राष्टिय कलाकार मञ्च कतार शाखा र सास क्रिएसनको संयुक्त आयोजनामा इदको दोस्रो दिन सनैयास्थित वेस्ट इन्ड पार्कमा आयोजना हुने मेघा कन्सर्टमा नृत्य प्रस्तुत गर्न टेरिया कतार आउन लागेकी हुन्।
इदको बिदामा कतारमा कार्यरत नेपालीको मनोरन्जनका लागि कार्यक्रम राखिएको कार्यक्रम संयोजक कल्याण घिमिरेले जनाए। कतारमा नेपाली चलचित्रको प्रदर्शन तथा प्रवर्द्धनको उद्देश्यसाथ हुन लागेको मेघा कन्सर्टमा नायकहरू आर्यन सिग्देल, सविन श्रेष्ठ र विष्णु कार्की, नायिकाहरू निश्मा घिमिरे, सोभिता सिंखडा र भोजपुरी नायिका सलोभी, गायकहरू सुगम पोखरेल, शिव परियार र पशुपति शर्मा, गायिका सुनिता दुलाल तथा हाँस्य कलाकारहरू हर्के हवल्दार र निर्मली आउन लागेको कन्सर्टको मिडिया संयोजक एनएस इन्टरटेन्मेन्टले जनाएको छ।
करिब १७ हजार दर्शक क्षमताको वेस्टइन्ड पार्कमा हुने कन्सर्टमा आवश्यक सुरक्षा व्यवस्थालगायत तयारी पूरा भइसकेको संयोजक घिमिरेले बताए। उनका अनुसार झन्डै ६० प्रतिशत टिकट बिक्री भइसकेको छ।

प्रकाशित: ११ श्रावण २०७१ ०५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App