करिव ५ सय विद्यार्थी अध्ययनरत यो विद्यायलमा आधारभुत पूर्वाधार नभएको खवर सामाजिक संजालहरुमा आएपछि थापाले विगत ५ वर्ष देखि थोरै थोरै गरेर जम्मा गरेको रकम जनता माध्यमिक विद्यालयलाई सहयोग गर्न गैर आवासिय नेपाली संघ अस्ट्रेलियाको खातामा सोमवार जम्मा गरेका थिए। “सिड्नीमा बस्ने नेपाली देस्रो पुस्तालेपनि नेपालको विकासमा हात बढाउन प्ररणा मिलोस भनेर यो सहयोग शुरु गरेका हुँ।” थापाले भने “म जस्तै युवा पुस्ता मिलेर थप सहयोगका योजनाहरु ल्याउने छौ।”
एन अर एन अस्ट्रेलियाले विगत केही वर्ष देखि विद्यालयहरुमा पुस्ताकालय निर्माण, छात्रबृती उपलब्ध गराएर शिक्षा क्षेत्रमा सहयोग गरिरहेको छ। अध्यक्ष महेन्द्र ओलीका अनुसार विद्ययालयहरुको स्तर उन्नति र दुर्गम भेगका विद्यर्थीको शिक्षामा सहज पहुच पुर्याउन यस्तो अभियान अन्य जिल्लाहरुमा पनि बढाईने छ। ओलीले यो अभियानमा सहभागी हुन सबैलाई आह्वान पनि गरेका छन्।
प्रकाशित: ५ श्रावण २०७१ २३:२९ सोमबार





