५ माघ २०८२ सोमबार
image/svg+xml
प्रवास

बेलायत एमालेमा ओलीपक्ष पराजित

लण्डन- नेकपा (एमाले) को आउँदो असार १९ गतेदेखि सुरु हुने नवौं महाधिवेशनका लागि बेलायतबाट प्रतिनिधि छनोट भएका छन्। प्रवासी नेपाली मञ्चका अध्यक्ष रामशरण सिम्खडा र महिला प्रतिनिधि सुष्मा राई छनोट भएका हुन्। उनीहरु दुवै वरिष्ठ नेता माधव नेपाल निकट मानिन्छन्।मञ्च नेकपा एमालेको प्रवास संगठन हो। पार्टीको संशोधित विधानअनुसार प्रवास संगठनबाट महिलासहित दुईजना प्रतिनिधिलाई मताधिकारसहित महाधिवेशनमा सहभागी गराइन्छ।
हिजो मंगलबार लण्डनस्थित एबिआइ कलेजमा सम्पन्न प्रतिनिधि छनोटमा सिम्खडाले ओली निकट मानिएका भक्त गुरुङलाई ६ मत अन्तरले पराजित गरे। खसेको १०८ मत मध्य सिम्खडाले ५७ र गुरुङ्गले ५१ मत पाएका थिए। यस्तै महिलातर्फ बिमला सेनेलाई पराजित गर्दै नेपाल पक्षकै राई निर्वाचित भएकी हुन्। राईले ५४ मत र सेनेले ५२ मत प्राप्त गरिन्।

प्रकाशित: ११ असार २०७१ ०२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App