नुरिस्तानीले २६ प्रान्तमा पाँच लाख मतगणना हुँदा अब्दुल्लाहले ४१.९ प्रतिशत, घानीले ३७.६ प्रतिशत र जलमाई रसुलले ९.८ प्रतिशत मत प्राप्त गरेको बताए।
मतगणनाको अन्तिम नतिजा भने मेअन्त्यसम्म आउने अनुमान गरिएको छ। कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाएमा दुई प्रमुख उम्मेदवारबीच फेरि चुनाव हुने व्यवस्था छ। आठ प्रान्तको नतिजा भने घोषणा गरिएको छैन।
शनिबार पहिलो चरणको निर्वाचनमा करिब ७० लाख मतदाताले मौसम र तालिबानको चुनौती बेवास्ता गरी व्यापक मतदान गरेका थिए।
प्रकाशित: ३० चैत्र २०७० २२:२९ आइतबार





