१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

सियाटलमा नेपाली दूतावासको घुम्ती कन्सुलर सेवा तथा ब्रेन गेन कार्यक्रम हुँदै

अमेरिकाको वासिंटन स्टेटस्थित सियाटलमा नेपाली दूतावासको घुम्ती कन्सुलर सेवा हुने भएको छ। उक्त सेवा सियाटलस्थित महावाणिज्यदूत एसी शेर्पाले दिएको जानकारी अनुसार अगष्ट ७ र ८ मा आयोजना गरिने छ। दुई दिनसम्म चल्ने सो शिविरमा पासपोर्ट नविकरण, नयाँ आवेदन, मंजुरीनामा, एनआरएनए कार्ड, वारेसनामा, भिसा, ट्राभल डकुमेन्ट लगायतको सेवा पाउन सकिने महावाणिज्यदूत शेर्पाले नागरिकन्यूजलाई बताए।  

सोही कार्यक्रमसंगै नेपालको पर्यटन र व्यापारलाई प्रमोसन गर्नका लागि अमेरिकी व्यवसायी, सामाजिक अगुवा, सरकारी उच्च पदस्थ अधिकारीहरुलाई ब्रेन गेन कार्यक्रमको आयोजाना गरिएको छ। ब्रेन गेन नेपाल कार्यक्रममा मुख्य पाँच मुल मन्त्रलाई आधार मानिएको छ। जसमा प्रवासलाई नेपालसंग जोडेर समृद्ध नेपालको निम्ति अभियानलाई सार्थक बनाउन सो कार्यक्रम आयोजना गरिएको बताइएको छ। सियाटलमा हुने घुम्ती शिविर कार्यक्रमका बारेमा सहभागी हुनका लागि नेपाल कन्सुलेट डट ओआरजीमा गएर नाम दर्ता गर्न सकिने महावाणिज्यदूत शेर्पाले बताए।  

राजदूत डा. युवराज खतिवडाले कार्यभार सम्हालेको छोटो समयमा तीव्रता दिइएको घुम्ती शिविर डालासमा मे १४ र १५ तथा ह्युस्टनमा १६ र १७ तारिकमा र त्यसअघि सिकागो र क्यालिफोर्नियामा सम्पन्न भईसकेको छ। शिविरबाट विभिन्न कारण पासपोर्ट नविकरण नभएका, भिसा सकिएकाहरुले लाभ लिन सक्ने छन् भने सेवा आवश्यक पर्ने नेपाली तथा विदेशी नागरिकहरुले शिविरमा सम्पर्क राख्न वा दूतावासको वेब साईटमा गएर फर्म भर्न सकिने सूचनामा उल्लेख गरिएको छ।  

कोरोनाका कारण ट्राभल गर्नबाट बन्चित भएका र अन्य कारणले रोकिएका सरकारी काम सोही शिविरबाट हजारौ नेपाली तथा अमेरिकी नागरिकहरुले लाभ लिएका छन्।

प्रकाशित: २६ असार २०७८ ०७:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App