८ वैशाख २०८१ शनिबार
प्रवास

एनआरएनए यूकेको अध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा रोजीना प्रधान राईले उम्मेदवारी दिने भएकी छन्। उनले एनआरएनए यूकेको आगामी ३१ जुलाई हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

राईले शुक्रबार साँझ एक भर्चुअल सभाको आयोजना गर्दै ९ बुँदे प्रतिबद्धतासहितको घोषणापत्र सार्वजनिक गरेकी छन्।

उनले विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने, संघर्षरत भूतपूर्व ब्रिटिस गोर्खाहरुको मागलाई सम्बोधन गराउनको लागि आवश्यक पहल गर्न, बेलायतमा एनआरएन भवन बनाउने, साना तथा ठूला लगानी प्रवर्द्धन गर्ने, आपतकालिन कोषको स्थापना, एनआरएनए सीप बैंकको स्थापना, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपाली संघ यूकेलाई प्रविधीमैत्री बनाउने, एक परिवार एक उद्यमी कार्यक्रम ल्याउने लगायतको प्रतिबद्धता गरेकी छन्।

गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन सम्पन्न गर्न महेन्द्रराज कंडेलको संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको छ। एनआरएनए यूकेको अध्यक्ष पदको लागि दिपक श्रेष्ठ, प्रेम गाहामगरले समेत आकांक्षा देखाएका छन्।

गैरआवासीय नेपाली संघको अक्टोवरमा हुने महाधिवेशनको तयारी स्वरुप अहिले संघका ५० भन्दा बढी राष्ट्रिय समितिमा निर्वाचन प्रकृया सुरुभै सकेको भएको छ। राष्ट्रिय समितिको निर्वाचन जुलाई ३१ तारिख भित्र सम्पन्न गरिसक्नु पर्ने वैधानिक व्यवस्था रहेको छ।

प्रकाशित: २६ असार २०७८ ०७:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App