११ माघ २०८२ आइतबार
image/svg+xml
प्रवास

जहाजको अवशेष हिन्द महासागरमा रहेको अष्ट्रेलियाको दाबी

अष्ट्रेलिया- मेलेसियन एयरलायन्सको जहाजको अवशेष हिन्द महासागरमा देखिएको अष्ट्रेलियन प्रधानमन्त्री टोनी अबोटले दाबी गरेका छन्। अष्ट्रेलियन समुन्द्री सुरक्षा प्राधीकरणले पाएको स्याटेलाइट तस्बिरको हवला दिँदै प्रधानमन्त्री अबोटले उक्त तस्बिर मलेसियन एयरलायन्सकै हुनसक्ने दाबी गरेका हुन्।

'अष्ट्रेलियाको समुन्द्री सुरक्षा प्राधिकरणले उक्त अवशेषको सूचना स्याटेलाइट तस्बिरबाट भेट्टाएको हो,' प्रधानमन्त्री अबोटले भने, 'विशेषज्ञको परीक्षणपछि मात्र उक्त तस्बिर मलेसियन जहाजको हो, होइनबारे भन्न सकिन्छ।' यद्यपि जहाजलाई खोज्न निकै गाह्रो भएको उनले बताएका छन्। 'तस्बिरको परीक्षण जारी छ। तस्बिर उक्त जहाजको नहुन पनि सक्छ,' उनले भने।

मलेसियाबाट चीनको लागि उडेको एमएच ३७० को फ्लाइट १३ दिन अघिदेखि हराइरहेको छ। जहाजमा चालक दलका सदस्यसहित २ सय ३९ जना सवार छन्। जसमध्ये अधिकांश चिनिया नागरिक छन्। 

जहाज हराएदेखि खोजीकार्य तीब्र पारिए पनि फेला पार्न सकेको छैन। उडेको एक घन्टापछि टावरसँग सम्बन्ध विच्छेद भएको जहाज अपहरणमा परेको दाबी यसअघि मलेसियाले गरेको थियो।
जहाज खोज्न २६ वटा देश सक्रिय छन्।

प्रकाशित: ५ चैत्र २०७० २३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App