बाग्लुङ समाज बेल्जियमले बिहिवार बृद्धाश्रमलाई ५ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। बाग्लुङ नगरपालिका—११ नियरघाटमा रहेको निर्माणाधिन शिवालय सत्तल एवं बृद्धाश्रम निर्माण गर्नकोलागि आज एक कार्यक्रमकाबीच रकम हस्तान्त्रण गरिएको हो। बाग्लुङ समाज बेल्जियमका अध्यक्ष देबेन्द्र शर्मा देवु, महासचिब कृष्ण प्रसाद श्रेष्ठ र संस्थापक सदस्य सालिकराम गौतमले ओमकारेश्वर शिवालय सत्तल एवं बृद्धाश्रम निर्माण समितिका अध्यक्ष मणिभद्र शर्मा कँडेल सहितका पदाधिकारीलाई ५ लाख ७५ हजार रुपैयाँको चेक हस्तान्त्रण गरे।
बाग्लुङ समाज बेल्जियमका अध्यक्ष देबेन्द्र शर्माका अनुसार यस अघि बाग्लुङकै नारायणस्थामा रहेको दृष्टिविहीन विद्यालयलाई १ लाख ५० हजार, पैयुँपाटाक मृगौला पीडित डिल्लिराम शर्माको उपचारमा ६३ हजार रुपैयाँ सहयोग गरेको बताए।
प्रकाशित: १ फाल्गुन २०७० ०३:३० बिहीबार





