८ वैशाख २०८१ शनिबार
प्रवास

विष्णुबहादुर गुरुङ लण्डन हन्सलोमा मेयर निर्वाचित

बेलायतमा एक जना गैरआवासीय नेपाली मेयरमा निर्वाचित भएका छन्। हन्सलो बरो काउन्सिलमा भूपुगोर्खा विष्णुबहादुर गुरुङ मेयर निर्वाचित भएका हुन्। उनी यसअघि बेलायतको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीबाट काउन्सिलर पदमा निर्वाचित भएका थिए।  

गुरुङ मंगलबार सम्पन्न हन्सलो बरोको साधारणसभाबाट मेयर निर्वाचित भएका हुन्। उनी सन् २०१४ र १५ मा सोही बरोमा उपमेयर बनेका थिए। बेलायतको स्थानीय निर्वाचनमा आदी दर्जनभन्दा बढी नेपालीहरु बिभिन्न वार्डबाट निर्वाचनमा होमिएका छन्।

यसअघि बेलायतको स्वान्लीमा शंकर गैरे र कोलबर्न टाउनमा जगन्नाथ शर्मा मेयर निर्वाचित भएका थिए।

प्रकाशित: २३ वैशाख २०७८ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App