coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रवास

भारतमा रहेका नेपालीका लागि हटलाइन सेवा सुरु

गैरआवासीय नेपाली संघले भारतमा रहेका नेपालीहरुको सहयोगार्थ हटलाइन (टेलिफोन) सेवा सुरु गरेको छ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार भारतमा तीव्र रुपमा बढ्दै गएको कोभिड १९ को प्रकोपबाट ठूलो संख्यामा नेपाली प्रभावित भए पछि संघले स्वास्थ्य सेवा दिने उद्देश्यले सो सेवाको सुरुवात गरेको हो।

कोरोना भाइरस सम्बन्धी कुनै समस्या भए भारतमा रहेका नेपालीहरुले फोन, टेक्ट, भाइवर, ह्वाट्सएप, इमेल मार्फत त्यहाँ रहेका चिकित्सकहरुसंग सिधै सम्पर्क राख्न सक्ने संघले जनाएको छ। हटलाइनमार्फत नेपालीहरुले अतिआवश्यक बाहेकका सेवाहरु लिन सक्ने छन्।

सो सेवा संचालन गर्नको लागि डा. अरुण पौडेल (नयाँ डिल्ली), डा. अविरल निधी (नयाँ डिल्ली), डा. सागर पौडेल (नयाँ डिल्ली), प्रभावत अधिकारी (नेपाल) रहेको चिकित्सकहरुको टोली खटिएको हो।

कोरोना भाइरसको संक्रमण कारण हालसम्म भारतमा ६१ जना नेपालीको ज्यान गएको छ भने तीन हजारभन्दा बढी नेपालीमा कोरोना संक्रमण देखिएको छ।

प्रकाशित: १६ वैशाख २०७८ १२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App