१९ माघ २०८२ सोमबार
image/svg+xml
प्रवास

भूकम्पपछि सानो सुनामी जापानतिर

टोकियो - जापानको फुकुसिमा आणविक भट्टी रहेको क्षेत्रमा भूकम्पपछि सानो सुनामी आएको छ। ७.१ म्याग्‍नेच्युड क्षमताको भूकम्प धक्कापछि १ फिट अग्लो छाल उठेको हो। सुरुमा सुनामीको चेतावनी दिइएको भएपनि कमजोरदेखिएपछि खतरामुक्त घोषणा गरिएको थियो। फुकुसिमा उर्जा केन्द्रमा कार्यरत कामदारलाई त्यहाँबाट उचाइतिर जान भनिएको थियो। तर, पछि असर नपर्ने देखिएपछि उनीहरुलाई जानकारी गराइएको थियो।
प्यासेफिक ओसनको पूर्वी तटमा १ मिटर उचाइसम्मको सुनामी आउनसक्ने जापानको मौशम विभागले जानकारी दिएको छ। उसले ठुलो खतरा भने नदेखिएको जनाएको छ।
सुनामीबारे सचेतना कार्यक्रम सुरु गरिएको दुई घन्टामा नै सामान्य अवस्था रहने जानकारी गराइएको थियो। २०११ मा जापानमा विनाशकारी सुनामी आउँदा १८ हजार भन्दा धेरै मारिएका र वेपत्ता भएका थिए।

प्रकाशित: ८ कार्तिक २०७० २२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App