coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

अमेरिकी राष्ट्रपतिद्वारा नेपाली नयाँ वर्षमा शुभकामना व्यक्त

अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ वर्ष र नवरात्री लगायतको शुभकामना दिएका छन्। उनले ट्वीटरमार्फत नेपाली समुदायलाई समेत तोकेर नयाँ वर्षको शुभकामना दिएका हुन्। साथै बाइडेनले दक्षिण एसियाली र दक्षिणपूर्वी एसियालीहरुलाई विभिन्न उत्सव र चाडपर्वहरुको शुभकामना दिएका छन्।

यो साताभर विभिन्न आप्रवासी समुदायबाट अमेरिकामा मनाइने वैशाखी, नवरात्री, नयाँ वर्षलगायतको आफू र जिल बाइडेनका तर्फबाट शुभकामना व्यक्त गरे। बाइडेनले नयाँ वर्षका अवसरमा सबैको परिवारमा समृद्धि र उज्यालोको कामना समेत गरेका छन्।

प्रकाशित: १ वैशाख २०७८ ०६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App