१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
प्रवास

नेपाल–अष्ट्रेलिया बिजनेस काउन्सिल गठन

सिड्नी — अष्ट्रेलियाका नेपाली ब्यवसायी संगठित भएर नेपाल अस्ट्रेलिया बिजनेस काउन्सिल गठन गरेका छन्। सेप्टेम्वर २१ शनिवार सिड्नीको अवनमा भएको भेलाले मन केसीको संयोजकत्वमा ३१ सदस्यीय बिजनेस काउन्सिल गठन गरेको हो।गैर आवासिय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले गठन गरेको विजनेस टाक्स फोर्सको प्रवद्र्धनमा यो विजनेस काउन्सिलले पूर्णता पाएको हो। उक्त कार्यक्रममा बोल्दै एनआरएन अष्ट्रेलियाल अध्यक्ष महेन्द्र ओलीले नेपाली ब्यवसायीका साझा समस्या, सफलता र अनुभवहरु साटासाट गर्न काउन्सिल उपयोगी हुने विचार राखेका थिए।

कार्यक्रममा बिजेस काउन्सिलको विधान, कार्यसमिति, संस्थागत संरचना बारे विभिन्न ब्यवसायीले सुझाव दिएका थिए। संयोजक केसीका अनुसार सामुहिक लगानी, ब्यवसायमा विविधिकरण, लगानीको नयाँ क्षेत्रको खोजी, नेपाल—अष्ट्रेलियाबीको ब्यापार बृद्धि लगायतका क्षेत्रमा काउन्सिलले काम गर्नेछ।

एनआरएन अष्ट्रेलियाले वर्तमान महासचिव भरत पोखरेलको संयोजकत्वमा दिपक भट्टराई सह संयोजक र डा किरण थापा सचिव रहेको टाक्स फोर्स गठन गरेको थियो। विजनेस काउन्सिल गठनका लागि भनेर सेप्टेम्वरको ८ शनिवार पनि सिड्नीकै रिज होटलमा ब्यवसायिहरुबीच परामर्श बैठक भएको थियो ।

काउन्सिलमा अस्ट्रेलियको अन्य राज्यका नेपाली ब्यवसायिहरुको पनि प्रतिनिधित्व गराउदै भविष्यमा कार्यसमिति विस्तार गरिने बताइएको छ।

प्रकाशित: ७ आश्विन २०७० ०२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App