डयुटी सकेर फर्केका मगरले खाना खाएर होस्टलमा शनिबार राति सकुशल सुतेका थिए। तर बिहान अवेरसम्म नउठेपछि साथीहरुले किन यतिकाबेरसम्म सतेको भन्दै उठाउन खोज्दा उनी मृत अवस्थामा फेला परेको साथीहरुले बताएका छन्।
मलेसियामा तीनवर्षे कार्यवधि सकेर उनी केही महिनाअघि मात्र घर फर्केका थिए। घर परिवारसँग भेटेर अर्को तीन वर्षे कार्यावधिका लागि उनी तीनमहिनाअघि मात्र मलेसिया पुगेका थिए। मृतकको शव पोष्टमार्टम गरी स्थानीय अस्पतालमै राखिएको छ।
उनका सहकर्मीका अनुसार अस्पतालको पोष्टमार्टम रिपोर्टले उनको मृत्युको कारण हृदयघात भएको जनाइएको छ। उनको शव नेपाल पठाउने प्रक्रिया सुरु भएको र कम्पनीमा कार्यरत नेपालीहरुले आर्थिक सहयोगको लागि प्रयास थालेका छन्। 'शव नेपाल पठाउन हामीले सबै नेपाली कामदारसँग सहयोग माग्न थालेका छौं' मलेसियामा कार्यरत उदयपुरका पुष्पकले भने 'सबेसम्म चाँडै पैसा उठाएर आफन्तलाई शव पठाउने कोसिश भइरहेको छ।'
प्रकाशित: २ असार २०७० ०८:५८ आइतबार





