७ वैशाख २०८१ शुक्रबार
प्रवास

विदेशमा अलपत्र ४८९ नेपाली स्वदेश फर्किए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुबैगरी आठ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत विदेशमा अलपत्र ४८९ नेपाली स्वदेश फर्किएका छन् ।

नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५१, हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ र मालिन्डो एयरले क्वालालम्पुरबाट १७३ नेपाली काठमाडौँ ल्याएको छ । यस्तै श्रीएयरलाइन्सले बैंककबाट एक शव नेपाल ल्याएको विमानस्थल कार्यालयले जनाएको छ ।

सोमबार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका चार अन्तर्राष्ट्रिय उद्धार उडान हुने विमानस्थलको तालिका छ । नेपाल एयरलाइन्सले दुबई र दोहा तथा हिमालय एयरलाइन्सले अबुधाबी र दोहामा चार्टर्ड उडान गर्नेछन् ।

प्रकाशित: १४ भाद्र २०७७ १५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App