इक्वेडरकी राजधानी क्वोटोमा विदेशमन्त्री रिकार्दो पतीनोले पत्रकारसँग कुरा गर्दै भने- 'इक्वेडर यो आग्रहको अध्ययन र विश्लेषण गरिरहेको छ।' पछिल्लो साता ब्रिटेको सर्वोच्च अदालतले असाञ्जलाई स्वीडेन फर्कन आदेश दिएको थियो। स्वीडेनमा असाञ्जविरुद्ध यौन अपराधको मुद्दा छ। असाञ्जले सधैँ इन्कार गरे पनि स्वीडेनको सो मुद्दाकै कारण उनलाई अमेरिका पुर्याइन सक्छ भन्ने त्रास उनलाई परेको छ।
विश्वभर फैलिएका अमेरिकी दूताबासका गोप्य दस्तावेज विकिलिक्समार्फत् सार्वजनिक हुँदा धेरै सरकार तथा नेताहरुको वास्तविकता खुलासा भएको थियो। उनको यो कार्यप्रति अमेरिका क्रुद्ध छ।
स्वीडेन पुर्याएर उनलाई अमेरिका सुपुर्दगी गरिने र त्यहाँ अमेरिकी कानुनअनुसार मुद्दा चलाइने त्रासका कारण असाञ्ज शरण खोजिरहेका छन्। इक्वेडर सरकारको प्रतिक्रियापछि असाञ्जले एक विज्ञप्तिमा जारी गर्दै भनेका छन्- 'कृतज्ञ छु इक्वेडरका राजदूत तथा सरकार मेरो निवेदनमाथि विचार गरिरहेका छन्।'
प्रकाशित: ६ असार २०६९ ००:३८ बुधबार





