१८ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रवास

सू चीको हातमा २४ वर्षपछि राहदानी

एंगुन, वैशाख २७ (एपी) - म्यानमारकी विपक्षी नेता आङ सान सू चीले २४ वर्षपछि त्यहाँको राहदानी पाएकी छिन्। म्यानमार सरकारको गृह मन्त्रालयले उनलाई राहदानी उपलव्ध गराएको हो।
सु चीले संसदीय निर्वाचनमा हालै आएको परिवर्तनपछि राहदानीका लागि आवेदन दिएकी थिइन्। गत वर्ष सैनिक शासनबाट म्यानमार चुनावी राजनीतितर्फ गएको हो। गत अप्रिलमा भएको संसदीय निर्वाचनमा उनको नेतृत्वको नेसनल लिग फर डेमोक्रेसीले ४३ सिट जितेको थियो।

उनको राहदानी तीन वर्षको लागि जारी भएको छ। उनी नर्वे र वेलायत जाने तयारीमा छिन्।

म्यानमारमा प्रजातान्त्रिक राजनीतिको नेतृत्वमा आएपछि उनी पछिल्लो २२ वर्षमा १५ वर्ष त सैनिक नजरवन्दमा रहिन्। उनले सन् १९९१ मा शान्तिका लागि नोवेल पुरस्कार पाएकी थिइन्।

प्रकाशित: २६ वैशाख २०६९ २३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App