९ चैत्र २०८२ सोमबार
image/svg+xml
प्रवास

ओबामाको टाउकोको मूल्य तोक्ने बेलायती सांसद कारबाहीमा

लन्डन, बैशाख ६ (एजेन्सी) - बेलायतको लेबर पार्टीले अमेरिकी राष्ट्रपति बाराक ओबामाको टाउका मूल्य तोकेको आरोपमा आफ्ना एक सांसदलाई कारवाही गरेको छ। लेबरका सांसद नाजिर अहमदलाई उनको पार्टीले अनुसन्धानका लागि भन्दै निलम्बन गरेको छ।  

एक पाकिस्तानी पत्रिकाले माथिल्लो सांसद अहमदले अमेरिकी राष्ट्रपति ओबामाको टाउकाको मूल्य एक करोड पाउन्ड (१ अर्ब ३० करोड रुपैया) तोकेको लेखेको छ।
पाकिस्तानको एक्सप्रेस टि्रब्युनले पाकिस्तानी लडाकु समुह लस्कर ए तैबाका प्रमुख हफिल सइदको टाउकाको मूल्य अमेरिकाले तोकेपछि अहमदले त्यस्तो गरेको बताएका छन।
अमेरिकाले सइदको टाउकाको मूल्य एक करोड अमेरिकी डलर (८१ करोड रुपैया) तोकेको छ।
टि्रब्युनले लेखेको छ, 'अमेरिकाले सइदलाई पक्रन एक करोड अमेरिकी डलर पुरस्कार तोक्छ भने म पनि ओबामा र उनी अघिका राष्ट्रपति बुसको पत्रनेले मूल्य १ करोड पाउन्डको पुरस्कार घोषणा गर्छु।'
समाचारमा अहमदले त्यसका लागि घरसहित आफ्नो सबै सम्पत्ति बेच्नका लागि तयार रहेको उल्लेख छ।
तर अहमदले समाचार 'आधारहीन' भन्दै खण्डन गरेका छन।
अहमदले पत्रिकासँग अफगानिस्तान तथा इरानको युद्ध अपराधको बारेमा मात्रै कुरा भएको बताए।
यसैबीच लेबर पार्टीले यस विषयमा अनुसन्धान शुरु गरेको जनाएको छ। अहमदले त्यस्तो साँचै भनेको भए त्यसको 'कडा भर्त्सना' गर्ने बताएका छन।
लेबर पार्टीकी प्रवक्ताले 'जारी अनुसन्धानको लागि हामीले लर्ड अहमद निलम्बन गरेका छौं।' 'यी टिप्पणी सही हुन भन्ने हामी त्यसको घोर निन्दा गर्छौ। त्यस प्रकारको टिप्पणी पूर्ण रुपमा अस्वीकार्य छ,' उनले भनिन्, 'मुम्बइ आक्रमणका पीडितलाई न्याय दिन तथा आतंकवादलाई रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायले सही गरेको छ।'
लर्ड अहमदले निलम्बन प्रति आश्चर्य व्यक्त गरे।

प्रकाशित: ५ वैशाख २०६९ २१:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App