coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

संयुक्त नेपाली महासंघको राहत

संयुक्त नेपाली महासंघ गोरेगाउ शाखाले मुम्बईमा लकडाउनले अलपत्र परेका परिवारलाई राहत वितरण गरेको छ । शाखाका अध्यक्ष नेत्रलाल गैरे, केन्द्रिय नव निवाचित अध्यक्ष देवेन्द्रविक्रम शाह, केन्द्रिय सल्लाहकार रवि भट्टराई, काशी पाण्डे, राम कार्की लगायतको उपस्थितीमा मुम्बईको जोगेश्वरी पश्चिमको बेहरामबाग, प्रेमनगर, गोरेगाउपुर्ब लक्ष्मीनगर १ र २, गोरेगाउ पश्चिमको भगतसिंगनगर १,२ र ३ का ४० परिवारलाई खाद्यन सामग्री वितरण गरेको हो ।

संयुक्त नेपाली महासंघले मुम्बाईमा समस्यामा रहेका नेपालीका परिवारलाई निरन्तर राहत वितरण गर्दै आएको महासंघका अध्यक्ष भरत रावलले बताए । अध्यक्ष रावलका अनुसार नेपालीहरुमा समेत कोराना संक्रमण दुखिएको छ । त्यस्तै केही नेपालीको मृत्यु समेत भइसकेको उनले बताए ।

प्रकाशित: १२ जेष्ठ २०७७ १२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App