१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। 

उपाध्यक्ष आचार्यले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरि संघको आगामी कार्यकालका लागि अध्यक्षमा आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन्। उनले संघलाई सम्पूर्ण गैरआवासीय नेपालीहरुको साझा बनाई सबैलाई अपनत्व महसुस गर्ने संघ बनाउनका लागि आफूले उम्मेदवारी दिएको बताए। उनले उम्मेदवारीसंगै १० बुँदे प्राथमिकताका विषय पनि सार्वजनिक गरेका छन्।

उनले झन्झटमुक्त गैरआवासीय नेपाली नागरिकता, लगानीको प्रत्याभूति, मर्यादित तथा सुरक्षित वैदेशिक रोजगार, विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने, ब्रेन ड्रेनबाट ब्रेन गर्ने, संस्थागत सुधारमा भिजन २०२० एण्ड वियोड अवधारणालाई कार्यान्वयन तहमा लैजाने, सडक सुरक्षा, पर्यटन लगायत विषयलाई प्राथमिकताका साथ अघि सारेका छन्।

उनले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकता विधेयकलाई संविधानको भावना तथा सम्पूर्ण गैरआवासीय नेपाली समुदायको चाहनाअनुसार पारित गराउन ठोस पहल गर्ने प्रतिबद्धता पनि जनाए। यसअघि, कुमार पन्तले पनि संघको आगामी कार्याकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्। 

मंगलबारदेखि सुरु हुने गैरआवासीय नेपाली संघको ९औं विश्व सम्मेलनले आगामी कार्यकालका लागि संघको नयाँ नेतृत्व चयन गर्दैछ।

प्रकाशित: २७ आश्विन २०७६ ११:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App