८ वैशाख २०८१ शनिबार
प्रवास

भारतमा बस दुर्घटना, ४५ जनाको मृत्यु

हैदराबाद – भारतको तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मङ्गलबार भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको छ। घटनामा अरु धेरैजना घाइते भएको प्रहरीले जनाएको छ। 

यात्रुले खचाखच भरिएको राज्य सञ्चालित एउटा बस गहिरो खोचमा खसेको थियो। उक्त बसमा ५० भन्दा बढी यात्रु सवार रहेको पनि प्रहरीले जनाएको छ। मृत्यु भएकामा अधिकांश महिला छन्।

घाइतेहरूलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ। उक्त बस कोन्डागाटु अन्जनेया स्वामी मन्दिरबाट तिर्थयात्रु लिएर फर्कदै थियो।

प्रकाशित: २६ भाद्र २०७५ १०:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App