१६ चैत्र २०८० शुक्रबार
प्रवास

कांग्रेसको प्रवासी संगठनमा विवाद, विश्व सञ्जाल गठन

लण्डन - नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा इतर एक समूहले नेपाली कांग्रेस अन्तर्राष्ट्रिय समन्वयन समिति विश्व सञ्जाल गठन गरेको दावी गरेको छ। नवगठित समितिमा नेपाली कांग्रेसको १२ औं अधिवेशनको विदेशस्थित नेपाली जनसम्पर्क समितिको निर्वाचनमा पराजितहरुको बाहुल्यता छ।

विश्वभरका ३२ देशमा रहेको कांग्रेसको जनसम्पर्क समितिलाई एउटै छातामा ल्याउने उद्देश्य राखेर अन्तर्राष्ट्रिय समन्वय समिति ‘विश्व सञ्जाल’ गठन गरिएको दावी उनीहरुले गरेका छन्।

विष्णु सुवेदीको अध्यक्षतामा घोषित सो समितिलाई उनीहरुको माऊ पार्टी नेपाली कांग्रेसले मान्यता नदिने बुझिएको छ। पार्टी उपसभापति विमलेन्द्र निधिले जनसम्पर्क समितिको विश्व सञ्जाल गठन भएको समाचार गलत भएको बताए। उनले आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत् विभिन्न देशमा नेपाली जनसम्पर्क समिति गठन भएको बाहेक विश्व तहको वा अरु कुनै तहको सञ्जाल वा समिति पार्टीले गठन नगरेको प्रष्ट पारेका छन्।

समितिको उपसभापतिमा  चित्र केसी (यूएई), कञ्चन पोखरेल, नवराज शिवाकोटी छन्। अन्य पदाधिकारीमा, महामन्त्री चिन्तामणि सापकोटा, सहमहामन्त्री भूपि गोविन्द श्रेष्ठ, सहमहामन्त्री नविन आचार्य, कोषाध्यक्ष सुभाष घिमिरे  रहेका छन्।
सदस्यहरुमा दीपक रेग्मी, कुश बस्नेत, उषा भूषाल, हेमराज पाण्डे, वेदनिधि आचार्य, नवराज लामिछाने, विष्णु सापकोटा, राजेन्द्र विरही, कुलबहादुर गुरुङ, विराट श्रेष्ठ, डिपी कंडेल, राजेन्द्र जमरकट्टेल, अंविर जोशी, उत्तम कडेँल, टिकाराम सापकोटा, पूर्ण तिम्सिना, भवानी शंक तिवारी, ताराप्रसाद बंजाडे र ज्ञानेन्द्र खत्री छन्।

नेपाली जनसम्पर्क समिति युरोपका महामन्त्री गंगाधर गौतमले पार्टी र सभापतिलाई कमजोर पार्न उक्त सञ्जाल गठन भएको बताए। यो विषयमा पार्टीभित्र छलफल भइरहेको छ। पार्टी उपसभापतिले नै अस्वीकार गरिसकेपछि यो सञ्जालको औचित्य समाप्त भइसक्यो, गौतमले भने।

 

प्रकाशित: २० श्रावण २०७५ १०:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App