२६ असार २०८२ बिहीबार
image/svg+xml
प्रवास

भूपू गोर्खाका मागलाई सम्बोधन गर्न नेपाली राजदूतावासमा प्राविधिक स्तरको बैठक सम्पन्न

लामो समयदेखि थाति रहँदै आएका भूपू गोर्खाका मागहरूलाई सम्बोधन गर्ने उद्देश्यले लण्डनस्थित नेपाली राजदूतावासमा आज एक प्राविधिक स्तरको महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकमा नेपाली राजदूतावास, बेलायतको रक्षा मन्त्रालयका अधिकारीहरू तथा भूतपूर्व गोर्खाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

बैठकमा विशेषगरी गोर्खाहरूको मुख्य माग समान पेन्सनको विषयमा केन्द्रित रही सौहार्दपूर्ण वातावरणमा छलफल भएको जनाइएको छ। सम्वादका क्रममा सबै पक्षबीच सकारात्मक र रचनात्मक विचार–विमर्श भएको र अर्को बैठक चाँडै आपसी सहमतिमा बस्ने निष्कर्षमा बैठक टुंगिएको छ।

नेपाल सरकारको तर्फबाट बैठकमा उप-नियोग प्रमुख विपिन दुवाडी र सैनिक सहचारी महासेनानी अनुप शाह सहभागी थिए भने भूतपूर्व गोर्खाहरुको प्रतिनिधित्व G-10 समूहका ९ जना सदस्यहरूले गरेका थिए। यस्तै, बेलायती सरकारको तर्फबाट रक्षा मन्त्रालयका अधिकारीहरुको उल्लेखनीय सहभागिता रह्यो।

नेपाली राजदूतावास, लण्डनले बैठकलाई गोर्खा समुदायको दीर्घकालीन माग सम्बोधनतर्फ एक सकारात्मक कदमको रूपमा लिएको जनाएको छ।

प्रकाशित: ३० जेष्ठ २०८२ ०७:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App