२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
प्रवास

राहदानी नवीकरण सेवा शिविरमा ८ सय बढी लाभान्वित

नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा शिविरमा ८०० भन्दा बढी लाभान्वित भएका छन्। दूतावासले वैशाख १७ गतेदेखि १८ गतेसम्म उक्त शिविर सञ्चालन गरेको थियो।

शिविरमा शुक्रबार युएइमा कार्यरत नेपालीका लागि निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरियो। उक्त शिविरमा तीन सय बढीले सेवा लिए।

नेपाली सेवाग्राहीका लागि अहिल्या हस्पिटल अबुधावीका डा. याशिर श्रेष्ठसहितको स्वास्थ्यकर्मी टोलीले निःशुल्क आँखा, मधुमेह, ब्लड प्रेसरको परीक्षण गर्‍यो।

स्वास्थ्य परीक्षणसँगै डा. श्रेष्ठले शारीरिक तथा मानसिक समस्या र समाधानका विषयमा जानकारी दिँदै उपस्थित नेपाली नागरिकसँग अन्तरक्रिया गरे।

कार्यक्रममा दूतावासले श्रमसँग सम्बन्धित विषयमा सचेतनामूलक जानकारी पनि उपलब्ध गरायो। सो अवसरमा कन्सुलर प्रमाणीकरणलगायत अन्य सेवा नियमित सञ्चालन गरियो।

दूतावासले सेवा प्रवाहसँगै युएइमा कार्यरत नेपालीका लागि शारीरिक तथा मानसिक स्वास्थ्य र श्रमसम्बन्धी विषयमा आवश्यकताअनुसार समय-समयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। राहदानी नवीकरणसम्बन्धी विशेष काउन्टर सञ्चालन गर्न गैरआवासीय नेपाली सङ्घ, युएइ र नेपाली समाज, युएइले स्वयंसेवक उपलब्ध गराई सहयोग गरे।

राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटो बनाउन दूतावास सधैँ सक्रिय र कटिबद्ध रहेको जनाएको छ। दूतावासले यसअघि पनि आवश्यकताअनुसार विभिन्न समयमा विशेष काउन्टर सञ्चालन गरी यस्ता शिविर आयोजना गर्दै आएको छ। रासस

प्रकाशित: २० वैशाख २०८२ ०६:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App