रास्वपा प्रवास नेपाली सम्पर्क विभाग युकेको प्रथम महाअधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। द जंगल क्लब लेस्टरमा सहभागीहरूका बीचमा सम्पन्न भएको सो कार्यक्रमको प्रमुख अतिथिको रूपमा रास्वपाका उपसभापति डा स्वर्णिम वाग्ले रहेका थिए।
प्रवास सम्पर्क विभागका प्रवक्ता बिष्णु चालिको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको संचालन संस्थाका महामन्त्री राजु कडेलले गरेका थिए।
रास्वपा बेलायतका अध्यक्ष पवन शर्माको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको उदघाटन पार्टीका उपसभापति एवं वाग्ले र बेलायतका अध्यक्ष पवन शर्माले संयुक्त रूपमा पानसमा बत्ती बालेर गरेका थिए।
अधिवेशनले विभिन्न प्रस्तावहरू पारित गर्दै सर्वसम्मत रूपमा प्रदुम्न्न राज (पवन) शर्माको अध्यक्षतामा आगामी २ वर्षका लागि २१ सदस्यीय कार्यसमिति पनि चयन गरेको थियो।
नयाँ कार्यसमिति चयनको कार्य डा. मिलन ज्ञवालीको संयोजकत्वमा गठित डा. प्रकाश पाण्डे र पंकज अर्याल सम्मिलित निर्वाचन समितिले सम्पन्न गरेको थियो।
नवनिर्वाचित कार्यसमितिको सभापतिमा प्रधुम्नराज (पवन) शर्मा, उपाध्यक्षमा कोलेश्वर ढकाल, महामन्त्रीमा कृष्ण लुईटेल, सहमहामन्त्रीमा रमेश बेलबासे, कोषाध्यक्षमा बाबुराम न्यौपाने निर्विरोध चयन भएका छन्। त्यस्तै सदस्यहरूमा हरिहर भट्टराई, आदर्श श्रेष्ठ, धन गुरुङ्ग, दिनेश खरेल, खीमलाल गौतम, मंजु डुम्रे, पार्वती कडेल, राजु सापकोटा, रामप्रसाद सुबेदी, रिषी कडरिया, सौरव ओझा, शीवराज आचार्य, शुभाष चौलागाई, तुल कार्की, गोमा पौडेल समेत निर्वि रोध निर्वाचित भएका छन्।
नवनिर्वाचित समितिलाई पार्टीका केन्द्रीय उपसभापति डा. वाग्लेले पद तथा गोपनीयताको शपथ गराएका थिए।
रास्वपा बेलायतका अध्यक्ष पवन शर्माले कार्यक्रम सफल पार्न कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै युवाहरूको एकताले नेपाल बन्ने बताएका थिए। भव्यसभ्य र अनुशासित रूपमा सम्पन्न भएको उक्त कार्यक्रममा ३०० बुद्धिजीवी र रास्वपा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
साथै पार्टी उपसभापति तथा कार्यक्रमका प्रमुख अतिथि डा.स्वर्णिम वाग्लेले पार्टी सुशासनको मुद्दालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने र आफ्नै पार्टीमा पनि कहीँकतै अनियमितता भएको पाइए त्यसप्रति निर्मम ढंगले प्रस्तुत हुने बताए।
उनले देशमा व्याप्त भ्रष्टाचार र बेथितिको अन्त्यका लागि आगामी २०८४ मा सम्पन्न हुने आम निर्वाचनमा निर्णायक धक्का दिनको लागि तयार रहन सम्पूर्ण प्रवासवासी नेपालीहरूलाई आह्वान गरे।
प्रकाशित: १९ वैशाख २०८२ १०:१८ शुक्रबार