८ वैशाख २०८१ शनिबार
प्रवास

इन्डोनेसियामा भूकम्प, २ को मृत्यु, ३ सय घरमा क्षति

जाकार्ता – इन्डोनेसियाको जाभा प्रान्तमा आएको भूकम्पमा परी दुई व्यक्तिको मृत्यु हुनाका साथै अन्य २१ जना घाइते भएका छन्।

यस भूकम्पका कारण ३०० भन्दा बढी घर क्षतिग्रस्त भएको प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्।

प्राकृतिक प्रकोप व्यवस्थापनका प्रवक्ता पुर्वो नुङ्रोहोेका अनुसार यस भूकम्पको कारण २ हजारभन्दा बढी व्यक्तिलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको छ। घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ।

स्थानीय समयानुसार बुधबार अपराह्न १३ः२८ बजे आएको यो भूकम्प ४.४ म्याग्निच्युडको मात्र भएको त्यहाँको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। तर भूकम्पको केन्द्रबिन्दु चार किलोमिटरमात्र गहिराइमा नै रहेको हुनाले बढी क्षति भएको बताइएको छ।

यस भूकम्पका कारण ३१६ घर, चार मस्जिद र दुई वटा विद्यालय भवन क्षतिग्रस्त भएको बताइएको छ। भूकम्प प्रभावित क्षेत्रबाट दुई हजार १०४ व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ।

भूकम्प प्रभावित क्षेत्रमा सयौँको संख्याका उद्धारकर्ता, सेना र स्थानीय बासिन्दाले सहयोग गरिरहेको समाचारमा उल्लेख छ। इन्डोनेसिया बारम्बार भूकम्पले सताउने देशको सूचीमा पर्दछ।

प्रकाशित: ६ वैशाख २०७५ ०८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App