१२ आश्विन २०८१ शनिबार
image/svg+xml
प्रवास

भोजपुरकी २१ वर्षे मुनाको अमेरिकामा गोली हानी हत्या

भोजपुरकी २१ वर्षे मुना पाण्डेको अमेरिकामा गोली हानी हत्या भएको छ । अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा अध्ययनरत एक नेपाली विद्यार्थीको हिलक्रफ्ट नजिकैको अपार्टमेन्टमा उनी मृत भेटिएकी हुन् । 

अमेरिकन प्रहरी अधिकारीका अनुसार, उनको छातीमा गोली लागेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  

मुना एफ–१ भिसामा २०२१ मा अमेरिका पुगेकी थिइन् । उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् ।

अपार्टमेन्टका कर्मचारीले उनलाई अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मुनाका साथीहरुले उनको फोन दुई दिनदेखि बन्द रहेको जानकारी प्रहरीलाई गरेका थिए । उनको सेलफोनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित: १२ भाद्र २०८१ १६:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App