२३ भाद्र २०८१ आइतबार
image/svg+xml
प्रवास

कनेक्टिङ कन्टिनेन्ट्सः अल्बर्टा क्यानाडामा नेपाल चेम्बर अफ कमर्श खुल्यो

क्यानाडाको एबी प्रान्तमा रहेको कालगेरी सहरमा अल्बर्टा नेपाल चेम्बर अफ कमर्श स्थापना भएको छ।  

क्यानाडाका लागि नेपाली राजदुत भरतराज पौडयाल, एबी प्रान्तका कानुनमन्त्री मिकी एमेरी, क्यानडाको संसदका प्रतिनिधिहरु जर्ज चहल, एसराज ह्यालेनसहितको उपस्थितिमा चेम्बर अफ कमर्श खुलेको हो। ।

एएनसीसीका अध्यक्ष समीर पाण्डेले नेपाल र क्यानाडाको एबी प्रान्त बीच आर्थिक र सामाजिक विकास, पर्यटन प्रवद्र्धन, व्यापारिक सम्बन्ध र दुई देशका सरकारबीच ब्रिज चेम्बरको उद्धेश्य रहेको उल्लेख गरे ।  

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत भरतराज पौड्यालले एएनसीसी आर्थिक, समाजिक, पर्यटन प्रवर्धनको विकासका लागी कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । एएनसीसीलाई नेपाल सरकारका तर्फबाट सहयोग उपलब्ध गराउने उनको भनाइ थियो ।

एनआरएनए क्यानाडाका अध्यक्ष माधव दुलाले एएनसीसीले नेपाल र क्यानाडाबीचको व्यापारिक र सांस्कृतिक सम्बन्ध सुमधुर बनाउन सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे।  

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एबी प्रान्तीय सरकारका कानुनमन्त्री मिक्की एमेरीले आफ्नोतर्फबाट एएनसीसीलाई पूर्ण सहयोग रहने आश्वासन दिँदै यसले नेपाल सरकार र एबी सरकारबीच ऐतिहासिक सम्बन्धको सुरुवात गरेको उल्लेख गरे । 

प्रकाशित: ११ श्रावण २०८१ १५:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App