११ असार २०८१ मंगलबार
image/svg+xml
प्रवास

कोरिया सिप र ज्ञानका लागि विश्वविद्यालय नै हो : राज बिक (भिडियोसहित)

सुर्खेत वीरेन्द्रनगरका राज बिक दक्षिण कोरिया बस्न थालेको ८ वर्ष भयो । कृषिमा कर्म गर्ने भन्दै कोरिया लागेका उनको यो बसाइबारे अनुभव र सुझाव यस्तो छः  

नमस्कार

मेरो नाम राज बिक हो । म दक्षिण कोरियामा कृषिमा काम गरिरहेको छु । अहिले पिग फार्ममा छु । म कोरिया प्रवेश गरेको २०१६ को मेमा हो । सुरुवाती दिनहरुमा सबै जनालाई गाह्रो थियो । मलाई पनि भयो । भाषागत समस्या भयो । सांस्कृतिक समस्या भयो ।  

सँगै काम गर्ने साथीहरु हरेक देशको हुन्छ । उहाँहरुसँग एकदम मिलेर काम गर्दा, हामीलाई कोरियन भाषा केही न केही आउथ्यो तर अरु देशकालाई आउँदैन थियो । त्यो बेला पनि सँगै काम गर्ने वातावरण अलि असहज हुन्थ्यो । त्यो सामान्य कुराहरु भयो ।  

त्यस्तै सँगसँगै कोरियनहरुले काम बिगार्दा गाली गर्छन् । त्यो सामान्य हो, जसले पनि गाली गर्छ । यस्तो कुराहरु गर्दै जाँदा सिक्दै जाने हो । तर यहाँ आइसकेपछि आफ्नो अनुभव भन्नुपर्दा, मेरो लामो समयको कोरिया बसाइमा यो चै हामीले चेन्ज गर्नुपर्छ भन्ने लागेको चै तपाईले जानेको कुरा तपाईले एकदमै मज्जाले जानेको छ भनेमात्र सुरुवाती दिनमा मलाई यो काम आउँछ भनेर भन्नुहोला । सामान्यतयः देखेको भरमा बोलेर मलाई आउँछ भन्नु र प्राक्टिकल्ली आउनुमा धेरै फरक छ । यो कुराले मात्रै राम्रो भयो भने तपाईलाई कोरियनले एकदमै एप्रिसिएट गर्छ । नजानेको कुरा मलाई आउँदैन भन्न सक्नु र अनि मेरो यो कमजोरी हो भन्न सक्नु सबैभन्दा ठुलो कुरा हो । 

अर्को कुरा नयाँ आउने जति पनि आउँदै हुनुहुन्छ, तपाईहरु सबै जनालाई एउटैमात्र सल्लाह के दिन चाहान्छु भने अपेक्षा एकदमै कम राख्नु होला । यो हुनुपर्छ, त्यो हुनुपर्छ भन्ने हैन । मानसिकरूपमा एकदमै बलियो बनेर आउनुहोस् सबैजना । अर्को कुरा जति पनि सोचिन्छ त्यस्तो सजिलो चै हुँदैन । गाह्रो भन्नाले गर्न नसक्ने भन्ने हैन । शारिरिकरूपमा गाह्रो भन्दा पनि यहाँको वातावरणसँग भिज्न, खानादेखि भाषादेखि हरेक कुराहरु जान्न समय लाग्छ ।  

अहिले त तपाईहरु धेरै जनालाई धेरै कुराहरु त थाहा छ । पहिला २०१६ मा हामीलाई त्यति धेरै कुराहरु थाहा हुँदैन थियो । इन्टरनेटमा हेर्यो भने पनि अनुभव सेयर गर्ने दाजुदिदीहरु त्यति धेरै हुनुहुन्न थियो त्यो बेला । अर्को कुरा कम्पनी परिवर्तन गर्ने भन्ने कुराहरु पनि धेरै नै बढीरहेको छ । कोरियनहरु भइरहेको कम्पनीमा, नेपालीहरु धेरै भएको कम्पनीमा के भइरहेको हुन्छ भने साथीहरुले एकडेढ लाखदेखि दुई लाख यानसम्म तलमाथि हुने वित्तिकै कम्पनी नै छाड्ने प्रवृत्तिहरु पनि देखिरहेको हुन्छु । त्यो साथीहरुको लहैलहैमा नलाग्नुहोस् । लामो समयसम्म जानका लागि आफ्नो एउटा ग्राफ बनाउनुहोस् । कोरिया बसाइको आफ्नो एउटा ग्राफ बनाउनुहोस् र मज्जाले त्यहाँ जानुहोस् । त्यो भयो भने दुःख पाउनु हुन्न ।  

अहिले चै हामी यहाँ १८ जनाजति कामदार छौं । कोरियन अरु कोही पनि छैनन् । त्यसमा चै मैले हेरिरहेको छु, खलिजा भएर । तपाईहरु सबै जनालाई राम्रो होस् । आउनुहोस् । मज्जाको छ कोरिया । एउटा विश्वविद्यालय हो यो । धेरै कुराहरु सिक्न पाइन्छ । पैसामात्रै हैन यहाँ धेरै कुराहरु, धेरै सिपहरु सिक्न पाउनुहुन्छ । तपाईंहरुलाई स्वागत छ है त ।  

धन्यवाद ।

प्रकाशित: २ असार २०८१ १५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App